नेभिगेशन
समाज

ममाथि नेकपा कार्यकर्ताले तरबार हान्न खोजे: ज्ञानेन्द्र शाही

काठमाडाैँ । राप्रपा नेता, निवर्तमान सांसद एवम् जुम्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्र शाहीले आफूमाथि चुनावी प्रचार प्रसारमा अवरोध सृजना गर्न खोजिएको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन प्रचार प्रसारका क्रममा नेकपाका नेता कार्यकर्ताहरूले भौतिक आक्रमणको धम्की दिएको पनि उनले सिधाकुरालाई बताए । ‘चुनाव प्रचार प्रसारका क्रममा म माथि तरबार हान्न खोजियो,’ उनले सिधाकुरासँग जुम्लाबाट फोनमा भने, ‘मलाई तरबार हान्न खोज्ने व्यक्तिहरू नेकपाका नेता कार्यकर्ता हुन् । एकको नाम धर्मराज रावत हो । अर्कोको नाम अनिल आचार्य हो ।’

Ncell
Extreme Energy

जिल्लाका तातोपानी गाउँपालिका ३ लिपाकोट भन्ने ठाउँमा आफूमाथि आक्रमणको प्रयास भएको शाहीको भनाई छ। आक्रमण गर्न खोज्नेहरू नेकपा जुम्लाका उम्मेदवारका नरेश भण्डारीको नातेदार रहेको पनि उनको आरोप छ।

‘आक्रमणका लागि तरबार ल्याउ तरबार ल्याउ भने पछि हामी त्यहाँबाट निस्कियौँ ’ शाहीले भने । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।
५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत तोकिएको कार्यतालिका अनुसार, आज ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सुरु भएको छ ।

भर्खरै