नेभिगेशन
समाज

यो देशमा हामी भन्दा नयाँ कोही छैनः प्रचण्ड

काठमाडौँ । के हो नयाँ ? के हो पुरानो ? नयाँ र पुरानोको निधो विचारले गर्ने नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहालले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौंमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विचारका आधारमा नयाँ भइने बताएका हुन । अहिलेको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीनै सबै भन्दा नयाँ भएको उनले बताए ।

Ncell
Extreme Energy

उनले भने, ‘जसले यो देशमा गणतन्त्र ल्यायो, त्यो भन्दा नयाँ केहि अरु भए भनौं । होइन भने यो देशमा हामी भन्दा नयाँ कोही छैन । त्यसैले नयाँका नाममा भ्रम छर्ने काम आफुलाई नयाँ भन्ने तर विचार र मुद्दा नभएकाले नगरुन ।’

महिला, दलित, आदवासी जनजाति लगाएत सबै उत्पीडित क्षेत्र समुदायलाई पहिचान र अधिकार दिने नारा आफ्नो पार्टीले ल्याएकाले आफुहरु नयाँ भएको उनको भनाइ छ । त्यस्तै प्रचण्डले उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लाउने काम भएको आरोप लगाए ।

उनले निर्वाचन नजिकिदै जाँदा सक्रिय भएर प्रचार गर्न सके नेपाली कम्युनिस्ट पार्टी नेपालमा एकचोटि फेरि पहिलो पार्टी बन्ने पुरै सम्भावना रहेको दावी गरे । प्रचण्डले निकै ठूलो भिडन्त भनेर सामाजिक सञ्जालमा चर्चा भएका खास खास चुनाव क्षेत्रमा नेकपाले चूनाव जित्ने निश्चित भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै