नेभिगेशन
समाज

निर्वाचनमा खटिने राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई अभिमुखीकरण तालिम प्रदान

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पर्यवेक्षकले गर्न हुने र नहुने विषयमा जानकारी गराइएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले ‘निर्वाचन पर्यवेक्षण: अवधारणा र नेपालको अभ्यास’, निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव राजेन्द्रकुमार केसीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को व्यवस्थापन (मतदान स्थल, मतदान केन्द्र, मतगणना समेत) कार्यतालिका र कार्यक्रम’ विषयमा प्रस्तुति गरेका थिए ।

Ncell
Extreme Energy

यसैगरी कानुन तथा दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ‘निर्वाचन आचारसंहिता, २०८२ सम्बन्धी जानकारी’ र सहसचिव ज्ञानहरि घिमिरेले ‘प्रतिनिधिसभासम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली’ विषयमा प्रस्तुति गरी निर्वाचनमा पर्यवेक्षण गर्ने ३७ वटा राष्ट्रिय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई पर्यवेक्षकले गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा, सचिव कृष्णबहादुर राउतलगायतले पर्यवेक्षकले नेपालको संविधान, निर्वाचन कानुनका बारेमा बुझेको हुनुपर्नेमा जोड दिए ।

पर्यवेक्षकले मतदानअघि, मतदानको समय र मतदानपछि मतगणनाका समयका गरी तीनवटै समयका गतिविधिका बारेमा पर्यवेक्षण गरेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्नेमा उनीहरुले  जोड दिएका थिए ।

निर्वाचन पर्यवेक्षकले पनि निर्वाचन आचारसंहिता, २०८२ भित्र रहेर काम गर्नुपर्ने, पर्यवेक्षकले सवारी पासको दुरुपयोग गर्नु नहुने, कुनै दलको पक्ष वा विपक्षमा लाग्नु नहुने, मतदान स्थलमा अनावश्यक प्रश्न गरेर मतदान प्रक्रियामा खटिएका कर्मचारीको काममा व्यवधान गर्नु नहुनेलगायत विषयमा पनि अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३७ राष्ट्रिय संस्था र तीन अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाले पर्यवेक्षणका लागि अनुमति

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै