नेभिगेशन
समाज

निर्वाचनमा खटिने राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई अभिमुखीकरण तालिम प्रदान

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पर्यवेक्षकले गर्न हुने र नहुने विषयमा जानकारी गराइएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले ‘निर्वाचन पर्यवेक्षण: अवधारणा र नेपालको अभ्यास’, निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव राजेन्द्रकुमार केसीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को व्यवस्थापन (मतदान स्थल, मतदान केन्द्र, मतगणना समेत) कार्यतालिका र कार्यक्रम’ विषयमा प्रस्तुति गरेका थिए ।

Ncell
Extreme Energy

यसैगरी कानुन तथा दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ‘निर्वाचन आचारसंहिता, २०८२ सम्बन्धी जानकारी’ र सहसचिव ज्ञानहरि घिमिरेले ‘प्रतिनिधिसभासम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली’ विषयमा प्रस्तुति गरी निर्वाचनमा पर्यवेक्षण गर्ने ३७ वटा राष्ट्रिय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई पर्यवेक्षकले गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा, सचिव कृष्णबहादुर राउतलगायतले पर्यवेक्षकले नेपालको संविधान, निर्वाचन कानुनका बारेमा बुझेको हुनुपर्नेमा जोड दिए ।

पर्यवेक्षकले मतदानअघि, मतदानको समय र मतदानपछि मतगणनाका समयका गरी तीनवटै समयका गतिविधिका बारेमा पर्यवेक्षण गरेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्नेमा उनीहरुले  जोड दिएका थिए ।

निर्वाचन पर्यवेक्षकले पनि निर्वाचन आचारसंहिता, २०८२ भित्र रहेर काम गर्नुपर्ने, पर्यवेक्षकले सवारी पासको दुरुपयोग गर्नु नहुने, कुनै दलको पक्ष वा विपक्षमा लाग्नु नहुने, मतदान स्थलमा अनावश्यक प्रश्न गरेर मतदान प्रक्रियामा खटिएका कर्मचारीको काममा व्यवधान गर्नु नहुनेलगायत विषयमा पनि अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३७ राष्ट्रिय संस्था र तीन अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाले पर्यवेक्षणका लागि अनुमति

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।