नेभिगेशन
समाज

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका राजन रोकाय प्रथम

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन  प्रतियोगितामा’ नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा सेनाकै हुद्धा खड्गबहादुर खड्काले दोस्रो स्थान प्राप्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

Ncell
Extreme Energy

हाफ म्याराथनमा पुरुषतर्फ सेनाका अमल्दार गजिन्द्र राईले निर्धारित दूरी एक घण्टा चार मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम भए । त्यस्तै महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दूरी एक घण्टा १४ मिनेट ३१ सेकेन्डमा पूरा गरी प्रथम भएको निर्देशनालयले जनाएको छ ।

‘बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ आयोजित एघारौँ संस्करणमा ४२.१९५ किलोमिटर खुला म्याराथन तथा २१ किलोमिटर हाफ म्याराथन महिला र पुरुष दुवै विधा समावेश गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत १० किलोमिटर दूरीको छात्र तथा छात्रा, सैनिक अधिकृत, सैनिक सहचारी तथा पाँच किलोमिटर दूरीको आधारभूत विद्यालय तहका छात्र/छात्रा र पाँच किलोमिटर वाकाथन विधा समावेश थियो ।

त्यस अवसरमा प्रतियोगिताका विजयी धावकलाई प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापतिहरू, सैनिक श्रीमती सङ्घकी अध्यक्ष, बलाधिकृत, नेपाल सरकारका सचिव तथा काठमाडौँ महानगरपालिका प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोशीबाट मधेस पुगेको कप्तानगञ्जको आक्रोश

कोशीबाट मधेस पुगेको कप्तानगञ्जको आक्रोश

घटना कप्तानगञ्जको हो । समाधान पनि त्यहीँबाट खोजिनुपर्छ । कप्तानगञ्जलाई बाहिर राखेर समाधान निस्किँदैन । सरकारले सबैभन्दा पहिला यो बुझ्नुपर्छ ।
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

गृहमन्त्री सुधन गुरुङ विराटनगर  पुगेका छन्। उनी केही बेरअघि विराटनगर पुगेका हुन् ।
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।
अध्यक्ष केपी ओलीको चार अपिल

अध्यक्ष केपी ओलीको चार अपिल

सुनसरीको देवानगञ्जसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको र सद्भाव बिथोलिन थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयमताको अपिल गरेका छन् । अध्यक्ष ओलीले बिहीबार विज्ञप्ति जारी...