नेभिगेशन
समाज

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री

नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

Ncell
Extreme Energy

देशभर निर्वाचनको वातावरण बनेको बताउँदै गृहमन्त्रीले भने, ‘वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ’ ।

मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोशीबाट मधेस पुगेको कप्तानगञ्जको आक्रोश

कोशीबाट मधेस पुगेको कप्तानगञ्जको आक्रोश

घटना कप्तानगञ्जको हो । समाधान पनि त्यहीँबाट खोजिनुपर्छ । कप्तानगञ्जलाई बाहिर राखेर समाधान निस्किँदैन । सरकारले सबैभन्दा पहिला यो बुझ्नुपर्छ ।
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

गृहमन्त्री सुधन गुरुङ विराटनगर  पुगेका छन्। उनी केही बेरअघि विराटनगर पुगेका हुन् ।
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।
अध्यक्ष केपी ओलीको चार अपिल

अध्यक्ष केपी ओलीको चार अपिल

सुनसरीको देवानगञ्जसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको र सद्भाव बिथोलिन थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयमताको अपिल गरेका छन् । अध्यक्ष ओलीले बिहीबार विज्ञप्ति जारी...