नेभिगेशन
समाज

भाद्र २३ र २४ को आन्दोलनबाट पाठ लिएर सच्चिएको पार्टी कांग्रेसमात्रै होः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४ को आन्दोलनबाट पाठ लिएर सच्चिएको पार्टी कांग्रेसमात्रै रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ५ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनपछि कांग्रेस सच्चिएर अघि बढेको र अब देश बदल्ने अभियानमा रहको बताएका हुन । उनले अहिलेको अवस्थामा सवैभन्दा नयाँ पार्टी माघ १ गते अधिवेशन गरेपछि कांग्रेस भएको उल्लेख गरे ।

Ncell
Extreme Energy

सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउनुपर्ने र हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ गएर वास्तविकता बुझाउन सक्नुपर्ने बताए । सभापति थापाले अधिवेशनपछि अव पार्टीमा कुनै पक्ष र बिपक्ष नरहेको भन्दै एक भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिएका थिए ।

देशमा देखिएको भागवण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जाने भन्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे । त्यस्तै कांग्रेस महामन्त्री एवं काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताए ।

जन्मको आधारमा पुराानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने भन्दै उहाले कसैबाट विचार आयात गरेर जर्बजस्त राजनीति नगरेको स्पष्ट पारे । महामन्त्री पौडेलले कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै दृष्टिकोण र एजेण्डाका आधारमा अरु भन्दा राम्रो बन्न सकिने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।