नेभिगेशन
सबै कुरा

थमन विकको हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीले पाए सफाई

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले थमन बिक हत्या प्रकरणमा सफाई पाएका छन् । बिकको हत्या अभियुक्त महतोलाई जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सफाई दिएको हो ।  महतोसँगै अर्का अभियुक्त मोहन कापरले पनि सफाई पाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकको उपचारका लागि जलेश्वरबाट जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उनको हत्या आरेपमा २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो। त्यसमा प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीमाथि हत्या अभियोग थियो । पछिल्लो समय उनी फरार छन् । हत्याका अभियुक्त संसदमा उपस्थित भएको तर पक्राउ गर्न नसकेको भन्दै तत्कालिन गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भएको थियो । अहिले तिनै कोइरीले सफाई पाएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै जिल्ला अदालत महोत्तरीका अनुसार जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र,  संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, र सुरेश पाण्डेलाई इजलासले जन्मकैदको फैसला सुनाएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...