नेभिगेशन
सबै कुरा

थमन विकको हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीले पाए सफाई

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले थमन बिक हत्या प्रकरणमा सफाई पाएका छन् । बिकको हत्या अभियुक्त महतोलाई जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सफाई दिएको हो ।  महतोसँगै अर्का अभियुक्त मोहन कापरले पनि सफाई पाएका छन् । 

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकको उपचारका लागि जलेश्वरबाट जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उनको हत्या आरेपमा २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो। त्यसमा प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीमाथि हत्या अभियोग थियो । पछिल्लो समय उनी फरार छन् । हत्याका अभियुक्त संसदमा उपस्थित भएको तर पक्राउ गर्न नसकेको भन्दै तत्कालिन गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भएको थियो । अहिले तिनै कोइरीले सफाई पाएका छन् । 

CG

त्यस्तै जिल्ला अदालत महोत्तरीका अनुसार जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र,  संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, र सुरेश पाण्डेलाई इजलासले जन्मकैदको फैसला सुनाएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

आयोगले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो ।
भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  ...
नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।