नेभिगेशन
समाज

भारवहन भन्दा बढि ढुवानी गर्ने सवारीसाधनलाई कारवाहीको दायरामा ल्याउन माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढि ढुवानी सञ्चालन गर्ने सवारीसाधनलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

सोमबार यातायात व्यवस्था बिभागमा ज्ञापन पत्र बुझाउदै महासंघले केहि ढुवानी सञ्चालन गर्ने सवारीसाधनले भारवहन क्षमता अत्याधिक कायम गरि सञ्चालन गर्दै आएको भन्दै कारवाहीको दायरामा ल्याउन माग गरेको हो । मालबहाक सवारी साधन सिनो कम्पनीको ट्रकलाई भारवहन नियमन सम्बन्धी निर्देशिका बिपरित बढि क्षमता कायम गर्ने काम सरकारी निकायबाटै भएकाले गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राज्यको निर्देशिका बमोजिम सञ्चालन भइरहेका सवारी साधनलाई विस्थापीत हुने गरि सिनो कम्पनीको ट्रकलाई कायम गरिएको बढि भारवहन क्षमताको स्वीकृति तत्काल खारेज गर्न माग गर्दै बिभागमा ध्यानाकर्षण गराइएको महासंघका सदस्य गोकर्ण पराजुलीले जानकारी दिए ।

Ncell
Extreme Energy

उनले सवै प्रकारका मालबहाक सवारी साधनको भारवहन क्षमतामा एकरुपता कायम गर्नुपर्ने बताए । त्यस्तै महासंघले देशभर तौलपुललाई डिजिटल बनाउनुपर्ने र क्षमताभन्दा बढि भारवहन गर्ने सवारीसाधानलाई कारवाही गर्नुपर्ने माग गरेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।