नेभिगेशन
समाज

जुन मान्छेले जिन्दगीभरि बच्चा बच्चीलाई माया गरेको छ, उसलाई बच्चा बच्ची मारेको आरोप ?: केपी ओली

काठमाडौँ । जुन मान्छेले जिन्दगीभरि बच्चा बच्चीलाई माया गरेको छ, उसैलाई आज बच्चा बच्ची मारेको आरोप लगाउने गलत कार्य भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधीक तत्त्वहरू घुसेर विध्वंस मच्चाएको र तिनै अपराधीक तत्त्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘म सधैँ बच्चा बच्चीलाई माया गर्ने मान्छे हो । युवाहरूको विकास र उनीहरूको उत्थानका नमित जिन्दगीभर लागेको छु । आज मलाई नै बच्चा बच्ची मारेको आरोप लगाउने कार्य भइरहेका छ । के प्रधानमन्त्रीको हातमा बन्दुक हुन्छ ।’

Ncell
Extreme Energy

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहराउँदै अध्यक्ष ओलीले संसद् भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीक तत्त्वहरूले नै बनाएको धारणा व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका ओली पछिल्लो समय झापामा स्थानीयसँगको छलफलमा केन्द्रित भइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।