नेभिगेशन
समाज

मैले राजीनामा दिइसकेपछि ५४ जनाको मृत्यु भएको हो: केपी ओली

काठमाडौँ । नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा आफूले प्रधानमन्त्री छोडेपछि ५४ जना मरेको बताएका छन् ।

सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधीक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधीक तत्त्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘मैले प्रधानमन्त्री छोडेपछि ५४ जना त्यसपछि मरेका छन् । देशमा आगजनी बनाउने वातावरण गराउनका लागि लगायत तोडफोड गर्ने सिंहदरबार जलाउने संसद् भवन जलाउने कोसिस गरेर प्रहरी माथि प्रहार गरेर हुल्धुङगा गरेर विद्यार्थीलाई छेकेर अगाडी लगाएर गोली चलाउने वातावरण बनाएर यसरी परिस्थिति बिगार्ने काम तीनै अपराधीहरूले गरेका हुन ।’

Ncell
Extreme Energy

त्यस्तै, ओलीले मुलुकको विकासका लागि एमालेले सबै भन्दा धेरै काम गरेको दाबी गरेका थिए । गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा कहिले तोडमोड गरेको भन्दै उनले आपत्ति जनाए । उनले नेपालमा ग्यास उत्खनन भइसकेको भन्दै अव त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट बितरण गर्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।