नेभिगेशन
समाज

रवि लामिछानेको जनसम्पर्क कार्यक्रममा नवलपरासी प्रशासनको अड्को, आचारसंहिता ध्यानमा राख्न आग्रह

नवलपरासी । नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीलाई निर्वाचन आचारसंहिताका विषयमा सतर्क गराएको छ । रास्वपा सभापति रवि लामिछाने सहभागी हुने जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा आचारसंहिता विपरीताका गतिविधि नगर्न सतर्क गराएको हो।

जिल्ला प्रशासन नवलपरासीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रमप्रति ध्यानाकर्षण भएको बताएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागु भई परिपालना सम्बन्धमा मिति २०८२ साल माघ १४ गते सूचना समेत जारी भएको व्यहोरा विदित्तै छ।

Ncell
Extreme Energy

उपर्युक्त सम्बन्धमा माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् भनेको छ।

रास्वपा सभापति रवि लामिछाने अहिले देश दौडाहामा छन् । उनले विभिन्न जिल्ला पुगेर उम्मेदवार तथा मतदाता भेटघाट गर्ने गरेका छन् । 
यस अघि चितवन, नवलपरासी पूर्व, रुपन्देही लगायतका क्षेत्रमा पुगेका लामिछाने आज नवलपरासी पुगेका छन् । उनी नियमितरुपमा सुभेच्छुक भेटघाट गर्दै अघि बढेका छन् । 

सभापति लामिछानेसँगै रहेका रास्वपा नेता प्रमोद न्यौपानेका अनुसार सभापतिले सामान्य भेटघाटकै लागि पुग्दा पनि सुभेच्छुकहरु ठुलो संख्या उपस्थित हुने गरेका छन्  । रास्वपाले कुनै पनि निर्वाचन आचारसहिंता उलंगन हुने गरी कार्यक्रम तय नगरेको उनले बताए । 
 
रास्वपा  अनुसार सभापति लामिछाने नवलपरासीका दुई निर्वाचन क्षेत्र जाने कार्यक्रम छ। त्यहाँ उम्मेदवार र पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरेर फर्कने कार्यक्रम तय गरिएको रास्वपाले बताएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गरेका छन्।
हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको अवस्था ‘ठिकठाक’ नरहेको भन्दै नेतृत्वले वर्तमान सत्य स्वीकार गरेर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचनमा पराजय व्यहोरेको आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा राख्नु अनुचित भएको बताएका छन्।
प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् ।

भर्खरै