नेभिगेशन
समाज

प्रतिनिधि सभा निर्वाचनः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ ।

सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथरको मतपत्र छपाइ सम्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम(नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङको पनि मतपत्र छपाइ सम्पन्न भइसकेको छ । लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको उनले बताए । हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।

Everest cinsult

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको काँधमा देश

बालेनको काँधमा देश

काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

पछिल्लो तीन घण्टामा भने म्याग्दी र सङ्खुवासभामा भारी वर्षा भएको जनाउँदै कायस्थले म्याग्दीमा ६० मिलीमिटर र सङ्खुवासभामा ५० मिलीमिटर वर्षा भएको बताए । उनका अनुसार देशभरको मौसम बदली...
एसइईको तयारी पूराः जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

एसइईको तयारी पूराः जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले...
गृहपुजा गरी बालुवाटार प्रवेश गरे प्रधानमन्त्री शाह

गृहपुजा गरी बालुवाटार प्रवेश गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह शुक्रवार गृहपुजा गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेपालको ४३औं प्रधानमन्त्रीका रुपमा शुक्रवार नियुक्त भएका हुन् ।