नेभिगेशन
समाज

नेकपाप्रति भरोसा बढ्दै गए पनि, सोचेजस्तो माहौल बन्न भने सकेको छैन्ः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाप्रति भरोसा बढ्दै गएपनि आफ्नो पक्षमा अझैपनि सोचेजस्तो माहोल बन्न नसकेको बताएका छन् ।

नेकपा संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा मंगलबार पेरिसडाँडा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा गठन भएपछि जनतामा विस्तारै आशा र भरोसा बढ्दै गएपनि सामाजिक सञ्जालमा नयाँ भन्नेहरुजस्तो माहोल अझै पनि आफ्नो पक्षमा बन्न नसकेको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘जनतामा विस्तारै हामी प्रति आशा बढ्दै गइरहेको छ । अबको विकल्प नेपाली कम्युनिष्ट पार्टी भरपर्दो शक्ति हुन सक्दछ । भन्ने भरोसा बढ्दै गएको भने छ । अझै हाम्रो पक्षमा वेव भने आइसकेको छैन् । जति माहोल आउनु पर्ने हो । त्यो नयाँ भन्नेहरुले अलि सोसियल मिडिया माफर्त चाई अलि बढी नै चर्चा भएको छ । यो असहज र असाधारण परिस्थितिको निर्वाचन भन्दा पहिलेको भन्दा अलिकति बढि अझ मेहनत गरेर निर्वाचन परिणामलाई सकारात्मक स्वरुप दिन अगाडी बढ्नु पर्ने छ ।’

Ncell
Extreme Energy

त्यस्तै प्रचण्डले राष्ट्रिय स्वाधिनता, समाजवादको आधार निर्माण, भ्रष्टाचार विरुद्धको सुशासन कायम गर्ने, आर्थिक बिकास र समृद्धिका लागि नेकपालाई बिजयी गराउनेपर्नेमा जोड दिएका थिए । उनले सिद्धान्त र राजनीतिक मुद्दाहरुका आधारमा नभइ नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको तर्क गरेका थिए ।

उनले एकताबद्ध भएर योजनाबद्ध ढंगले बाँकी रहेको समयमा मेहनत गरे नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको धारणा व्यक्त गरेका थिए । उनले अहिले पार्टीभित्र बहस गर्नुभन्दा पार्टीसँग जोडिएर फिल्डमा खटिन निर्देशन समेत दिए । कार्यक्रममा एमालेमा आवद्ध विष्णु अधिकारी र जसपा परित्याग गरी अर्जुन चौलागाईं लगाएतलाई नेकपामा प्रवेश गराइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।