नेभिगेशन
समाज

महाशिवरात्रि पर्व व्यवस्थापनका लागि गुठी संस्थानद्वारा ४० लाख रुपैयाँ बिनियोजन

काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ४० लाख बजेट बिनियोजन गरेको जनाएको छ ।

महाशिवरात्रि पर्वको तयारीबारे मंगलबार संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थानका प्रवक्ता एवं मुख्य कानून अधिकृत जनक पोखरेलले गुठीको कूल बजेटमध्ये यसबर्षको महाशिवरात्री पर्वमा दाउरा खरिदका लागि रु ८ लाख रुपैया र पर्व सञ्चालनका लागि ३२ लाख रुपैया गरि ४० लाख रुपैया बजेट बिनियोजन गरेको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थानले यस वर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ । पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि दाउरा खरिद, उनीहरुको भोजनको प्रबन्ध तथा धुनीका लागि स्थान व्यवस्थापन लगायतका काम गरिएको प्रवक्ता पोखरेलले बताए ।

Ncell
Extreme Energy

फागुन ३ गते महाशिवरात्रीका दिन संस्थानको पशुपति शाखा कार्यालयबाट पञ्चामृतसहित पूजा सामाग्री पशुपतिनाथको मन्दिरमा अर्पण गरिने र सोहि दिन बेलुका मन्दिर वरपर बत्ति बालिने उनले जानकारी दिए ।

त्यसैगरि फागुन ५ गते शिवरात्रीका लागि पशुपति आएका साधुसन्तलाई योग्यता बमोजिम दक्षिणासहित विदाई गरिने संस्थानले जनाएको छ । साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जानकारी दिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।