नेभिगेशन
समाज

मंगलबारदेखि काठमाडौँमा एच.पी.भी. विरुद्धको खोप सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र मंगलबारदेखि एच.पी.भी. विरुद्धको खोप सुरु गरेको छ ।

कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइने खोप अभियान सेवा फागुन ६ गतेसम्म चल्ने महानगरले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारमा खोप कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचावट गर्न भाइरस विरुद्धको खोप प्रभावकारी रहेको बताए ।

Ncell
Extreme Energy

लक्षित समूहलाई खोप सेवा प्रदान गर्न महानगरपालिकाले खोप केन्द्र सञ्चालन सम्बन्धी सुक्ष्म योजना बनाएर काम गरिरहेको उनले बताए ।
गत वर्ष महानगरपालिकाले ३९ हजार ३१३ जना छात्रालाई यो खोप दिएको जनाएको छ ।

नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ । पत्ता लागेकामध्ये हरेक ६ जनामध्ये ३ जाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।