नेभिगेशन
समाज

एसीसी राइजिङ स्टार्स महिला एसिया कप खेल्ने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । थाइल्यान्डमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल ९एसीसी० राइजिङ स्टार्स वुमन्स एसिया कपमा सहभागी हुने राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच क्यानका पदाधिकारीहरुले राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेका हुन् । नेपाली टोलीकी कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विदाई कार्यक्रममा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले नेपाली टीम बलियो रहेकाले नेपालले जित हासिल गर्ने बताए । नेपाली पुरुष टीम जस्तै महिल टीमले पनि राम्रो प्रदर्शन गर्दै अघि बढ्न लक्ष्य रहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

त्यस्तै राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले अन्य टीमको अगाडी नेपाली टोलीले पनि राम्रो क्रिकेट खेलेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरेका थिए । प्रतियोगितामा नेपाल रहेको समूह ए मा भारत ए, पाकिस्तान ए र यूएई छन् भने समूह बी मा बंगलादेश ए, श्रीलंका ए, मलेसिया र थाइल्यान्ड छन् ।

फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ए सँग खेल्नेछ भने सोही दिन भारत ए र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल १५ फेब्रुअरीमा यूएई अनि तेस्रो खेल १७ फेब्रुअरीमा भारत ए सँग खेल्ने तालिका छ । दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।