नेभिगेशन
सबै कुरा

‘छोरा मरे, न्याय मरेन’

काठमाडाैँ : रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद दिएका छन् । छोरा मरे, न्याय मरेन भन्दै उनीहरुले काठमाडौँमा धन्यवाद सभासहित र्यालीको आयोेजना गरेका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

शुक्रबार उनीहरुले भृकुटीमण्डपदेखि सुरु गरेको र्याली बाजागाजा सहित शान्तिबाटीकापुगेर समापन गरेका थिए । २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । 

जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्दकैदको सजाय सुनाएको थियो । धन्यवाद सभामा नवराज विकका बुबा मोहन बिकले आफुले न्याय पाएको भन्दै खुसी व्यक्त गरे । अदालतको फैसलाले उचित न्यायको महशुस भएको भन्दै आफुहरुलाई समर्थन गर्ने सवैलाई उनले धन्यवाद दिए । 

उनले अदालतको फैसलापछि प्रहरी प्रशासनले आवश्यक समयमा सुरक्षा प्रदान गरिरहेको समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।