नेभिगेशन
समाज

महाशिवरात्रिमा पशुपतिमा आएका साधुसन्तको बिदाइ

काठमाडौँ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ । बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो ।

नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गर्न लागिएको संस्थानका प्रवक्ता जनक पोखरेलले राससलाई जानकारी दिए । पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरिने कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताए ।

Ncell
Extreme Energy

महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने चलन छ । मङ्गलवार नागा बाबासहितका साधुसन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिने पनि संस्थानले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धर्म गुरुहरुको संयुक्त अपिल– सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहोऔंँ

धर्म गुरुहरुको संयुक्त अपिल– सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहोऔंँ

संयुक्त अपिलमा भनिएको छ– ‘विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिसांत्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा...
प्रधानमन्त्री बालेनले सुरू गरे मधेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल

प्रधानमन्त्री बालेनले सुरू गरे मधेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
रेडक्रसमा हरेक तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र अध्यक्ष उठ्न पाउने

रेडक्रसमा हरेक तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र अध्यक्ष उठ्न पाउने

नेपाल रेडक्रस सोसाइटीको संशोधित विधानले तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र उठ्न पाउने गरी विधान संशोधन गरेको छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि मधेश केन्द्रित दलका नेताहरु आशावादी

प्रधानमन्त्रीसँगको छलफलपछि मधेश केन्द्रित दलका नेताहरु आशावादी

प्रधानमन्त्री बालेन शाहसँगको छलफलपछि मधेशकेन्द्रित दलका नेताहरु जारी अशान्ति छिट्टै अन्त्य हुने र फेरि यस्तो अशान्ति नदोहोरिनेमा आशावादी देखिएका हुन् ।