नेभिगेशन
समाज

रास्वपा उपसभापति अर्यालको वाचापत्र सार्वजनिक, के छन्  क्षेत्र न ९ विशेष एजेन्डा ?

काठमाडौँ । रास्वपा उपसभापति तथा काठमाडौँ क्षेत्र नम्बर ९ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डोल प्रसाद (डी.पी.) अर्यालले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । वाचापत्रकारुपमा सार्वजनिक गरिएका एजेण्डामा समावेशी विकासदेखि सुशासन, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, शिक्षा–स्वास्थ्य सुधार र सांस्कृतिक संरक्षणसम्मका बहुआयामिक कार्यक्रम अघि सारेका छन्। 

के छन् चुनावी एजेण्डा ?
समावेशी विकासमा जोड
अर्यालले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, दलित, पछाडि परेका समुदायलगायत सबै वर्ग र तप्काका नागरिकको आत्मसम्मान र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। सेवा प्रवाहलाई सरल, पारदर्शी र पहुँचयोग्य बनाउने उनको घोषणा छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युवा तथा खेलकुद विकास

Ncell
Extreme Energy

युवालाई रोजगारी र सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्न खेल मैदानको स्तरोन्नति, आवश्यक खेल पूर्वाधार निर्माण तथा नयाँ प्रविधि, स्टार्टअप, टेक्नोलोजी र सांस्कृतिक गतिविधिमा प्रोत्साहन गर्ने योजना अघि सारिएको छ। स्थानीय युवालाई उत्पादनशील क्षेत्रमा जोड्ने विशेष कार्यक्रम ल्याइने उनले बताएका छन्।

सुरक्षा र सुशासन

स्थानीय तहमा प्रहरी चौकी तथा सुरक्षाकर्मीको व्यवस्थापन सुदृढ गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र जनगुनासो सम्बोधनका लागि द्रुत संयन्त्र स्थापना गर्ने एजेन्डा सार्वजनिक गरिएको छ। प्रत्येक वडामा नागरिक अनुगमन टोली गठन गरी सार्वजनिक सेवा प्रभावकारी बनाइने प्रतिबद्धता गरिएको छ।

616856645_867878692705709_7661619837288632092_n-1771325625.jpg
रोजगारी सिर्जना

क्षेत्रमै व्यावसायिक तालिम केन्द्र स्थापना गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, विदेशबाट फर्किएका युवालाई सीपअनुसार प्रशिक्षक तथा उद्यमीका रूपमा परिचालन गर्ने र सफल उद्यमीका अनुभव साटासाट गर्ने वातावरण बनाइने अर्यालको योजना छ। तीन सिफ्टमा काम सञ्चालन गर्न सक्ने उद्योग–व्यवसायलाई नीतिगत सहजीकरण गर्ने घोषणा गरिएको छ।

पर्यटन विकास र सम्पदा संरक्षण

काठमाडौँको ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ। धार्मिक स्थल, ऐतिहासिक धरोहर र सांस्कृतिक सम्पदालाई व्यवस्थित गरी पर्यटक आकर्षण बढाउने, डाँडा–जङ्गल–खोला क्षेत्रलाई आधुनिक संरचनासहित पर्यटनमैत्री बनाउने तथा ‘टुरिस्ट सर्किट’ अवधारणा लागू गर्ने योजना अघि सारिएको छ।

क्षतिपूर्ति वितरणमा सहजीकरण

विभिन्न आयोजना प्रभावित स्थानीयलाई नियमसंगत रूपमा मुआब्जा तथा क्षतिपूर्ति वितरण गराउने, ढिलासुस्ती हटाई पारदर्शी प्रक्रिया अपनाउने र आवश्यक समन्वय गरी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाइएको छ।

न्यायोचित भौतिक विकास

क्षेत्रभित्र समानुपातिक बजेट विनियोजन, खानेपानी वितरण विस्तार, सडक, पुल तथा ढल व्यवस्थापन सुधार, ट्राफिक जाम न्यूनीकरण र सार्वजनिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने एजेन्डा छ। वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, नदी–खोला किनार संरक्षण तथा हरियाली प्रवर्द्धनमा विशेष कार्यक्रम ल्याइने जनाइएको छ। ‘नो हर्न नीति’ कडाइका साथ लागू गर्ने, ध्वनि र धुलो प्रदूषण नियन्त्रणमा जोड दिने योजना पनि अघि सारिएको छ।

संस्कृति संरक्षण र प्रवर्द्धन

नेवा संस्कृति, ऐतिहासिक भवन, मन्दिर–विहार, पाटी–पौवा र पुरातात्विक सम्पदाको संरक्षण गर्दै डिजिटल अभिलेखीकरण गरिने उल्लेख गरिएको छ। स्थानीय कला–संस्कृतिको जगेर्ना गर्दै सांस्कृतिक केन्द्र स्थापना र प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता छ।

शिक्षा र स्वास्थ्यमा सुधार

सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड, भ्रष्टाचार नियन्त्रण र सुशासन कार्यान्वयनको योजना सार्वजनिक गरिएको छ। सबै वडामा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा, जेष्ठ नागरिक, अशक्त र विपन्न वर्गलाई प्राथमिकतामा राखी स्वास्थ्य सेवा विस्तार तथा दुर्घटनाबाट घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा ट्रमा सेवा सुदृढ गर्ने कार्यक्रम अघि सारिएको छ।

अर्यालले काठमाडौँ क्षेत्र नं. ९ का मतदातालाई आफ्ना एजेन्डा कार्यान्वयनका लागि साथ दिन आग्रह गर्दै ‘अत्यधिक मतले निर्वाचित गराउन’ अपिल गरेका छन्। चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै उनले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

WhatsApp-Image-2026-02-17-at-16.17.52-1771325269.jpeg

WhatsApp-Image-2026-02-17-at-16.17.52-(1)-1771325269.jpeg

WhatsApp-Image-2026-02-17-at-16.17.51-1771325268.jpeg

WhatsApp-Image-2026-02-17-at-16.17.51-(1)-1771325268.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनमार्फत आदिवासी जनजाति, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका हकहितका विषय समेटिनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ८ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।
हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू) यतिबेला ढकमक्क कमल फुलेर झनै मनमोहक बनेको छ । पानीमाथि तैरँदै फक्रिएका कमलका चित्ताकर्षक फूल र हरिया पातले पोखरीलाई...