नेभिगेशन
समाज

अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचन मतदाता शिक्षा एवम् निर्वाचन प्रचार प्रसारका लागि आयोगले मंगलबार काठमाडौंमा गरेको छलफलमा भण्डारीले निर्वाचन आचारसंहिता बिपरित मतदाताको स्वतन्त्र निर्णयलाई दिगभ्रमित तुल्याउनेगरि मतदान हुनुअघि नै हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुमानमा भरमा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा उम्मेदवारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खल्ल पुर्‍याउने काम भएकाले यस्तो नगर्न उनले अनुरोध समेत गरेका छन् । उनले प्रविधिको तीव्र विकाससँगै आर्टिफिसियल एजेन्सीको प्रयोग गरी सिर्जना गरिएका दिगभ्रमित पार्ने स–सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन समेत आग्रह गरे ।

Marvel
Extreme Energy

प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरूपयोगले निर्वाचनको निष्पक्षतालाई नै धरासि बनाउन सक्ने जोखिम हुने भण्डारीले बताए । उनले निर्वाचनको वातावरण बिग्रने गरी अनुमानित सर्वेक्षण नतिजा सम्प्रेषण नगरी संयम अपनाई चौथो अंगको जिम्मेवारी वहन गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

प्रेस स्वतन्त्रताको उपभोग गरिरहँदा निर्वाचनको मर्यादा र मतदाताको गोप्य मत दिन पाउने अधिकारको रक्षा गर्नु सबैको साझा संवैधानिक कर्तव्य भएको उनले बताए । उनले फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल पार्न सवैको सकारात्मक भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन शाहलाई नयाँ दिल्लीमा यसरी भयो स्वागत (तस्बिर)

बालेन शाहलाई नयाँ दिल्लीमा यसरी भयो स्वागत (तस्बिर)

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा केही बेरअघि नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले सांस्कृतिक झाँकीसहित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...
प्रधानमन्त्री बालेन शाह नयाँदिल्लीमा, भव्य स्वागत

प्रधानमन्त्री बालेन शाह नयाँदिल्लीमा, भव्य स्वागत

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा केही बेरअघि नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले सांस्कृतिक झाँकीसहित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...
प्रधानमन्त्रीसँगै भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, लगानीसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्ने

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, लगानीसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा भारतको दुईदिने राजकीय भ्रमणमा सहभागी भएका छन्। प्रधानमन्त्री शाहसँगै उनी आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्।