नेभिगेशन
समाज

उम्मेदवारलाई हतोत्साही नबनाऔँ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम भएको बताएका छन् । 
उनले मिथ्या र गलत सूचना रोकी स्वच्छ प्रतिस्पर्धाका लागि सहयोग गर्ने उद्देश्यले नै आचारसंहिता जारी गरेर कार्यान्वयनमा लगिएको बताए । काठमाडौँमा आयोजित अन्तरक्रियाका क्रममा उनले  निर्वाचन लोकतन्त्रको प्राण भएकाले सही सूचना प्रवाह गरेर सफल बनाउने दायित्व सबैको भएको बताए ।
 
उनले भने “हामी प्रेस स्वतन्त्रता विरोधी होइनौँ, निर्वाचन आचारसंहिता लागू भएका बेला कुराकानीका आधारमा तयार पारिएको सामग्रीका आधारमा हारजित भनी प्रकाशन गरिँदा मानिसलाई दिग्भ्रमित बनाएको छ, यसरी अरु उम्मेदवारलाई हतोत्साही नबनाऔँ, कृत्रिम बौद्धिकता (एआई)प्रयोग गरेर बनाई सामाजिक सञ्जालमा पोष्ट गरिएका सामग्रीले पनि भ्रम फैल्याएको छ, यस्तो प्रचारप्रसार रोकेर स्वच्छ रूपमा निर्वाचन हुने वातावरण बनाऔँ” ।
 
यो उम्मेदवार ठीक यो बेठीक भन्ने खालका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरे । लयबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउने माध्यम फागुन २१ गतेको निर्वाचन भएकाले यसलाई सफल पार्न सबैको सहयोग हुनुपर्ने, नयाँ थपिएका साढे नौ लाख मतदाताका कारण मतदान प्रतिशत बढ्ने र बदर हुने मतसङ्ख्या घट्ने विश्वास पनि गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।
 
आयोगका सचिव कृष्णबहादुर राउतले कलाकार र ‘कन्टेन्ट क्रियटर’ लाई मतदाता शिक्षा प्रदान गर्न सद्भावना दूतका रूपमा काम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको बताए। 

मतदाता शिक्षाका सही सूचना प्रदान गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने विश्वास गरिएको उनको भनाइ थियो । मतदाता शिक्षा पहिलोपटक मतदान गर्नेलाई प्रेरित गर्न निर्णायक हुने विश्वास गरिएको छ । गलत सूचनाले लोकतन्त्रलाई असर गर्ने भएकाले ९० प्रतिशत इन्टरनेट प्रयोगकर्तालाई मतदाता शिक्षा दिन कार्यक्रमले सहयोग गर्ने सचिव राउतको विश्वास थियो ।
 
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले २०७९ सालको भन्दा यसपटक नौ लाख १५ हजार मतदाता थपिएको जानकारी दिए । १६ वर्ष पूरा भएका युवालाई मतदाता नामावलीमा समावेश गरी निर्वाचन हुने अघिल्लो दिन १८ वर्ष पूरा हुने जतिलाई मतदाता सूचीमा समावेश गर्ने गरिएको उल्लेख गरे ।
 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।