नेभिगेशन
सबै कुरा

भारतबाट चोरीका गाडी नेपाल ल्याई नक्कली ब्लुबुक बनाएर बेच्ने २ गिरोह प्रहरी नियन्त्रणमा

काठमाडौँ : नक्कली सवारी दर्ता प्रमाणपत्र बनाएर चोरीका गाडी संचालन गर्ने २ जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको हो ।

CG

पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ रहेका छन् । 

प्रहरीका अनुसार उनीहरुले भारतमा चोरी भएका गाडी नेपालमा ल्याएर सस्तोमा बिक्री गर्ने गरेका थिए । नेपाली बजारमा ७५ लाख बढी मूल्य पर्ने गाडीहरु उनीहरुले २१ लाखमा बेच्ने गरेको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरुसहित उनीहरुले बेचेको क्रेटा, ब्रेजा र इलेक्टोनिक्स ५ वटा गाडी नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरीले पक्राउ परेका दिलबहादुरसँग २ वटा नागरिकता समेत बरामद गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्दै आएका वर्ष ३७ का आकाश भन्ने नानि बावु लामा र दोलखाको मेलुङ गाउँपालिका ६ घर भइ...
नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ  सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको...
वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

क्यासिनो सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेको प्रहरीले जनाएको छ । वाल्डो क्यासिनोमा म्याग्नेटिक तास र आइ लेन्स प्रयोग गरी डमी खेलाडी खेलाएर ठगी गरेको आरोपमा...