नेभिगेशन
सबै कुरा

भारतबाट चोरीका गाडी नेपाल ल्याई नक्कली ब्लुबुक बनाएर बेच्ने २ गिरोह प्रहरी नियन्त्रणमा

काठमाडौँ : नक्कली सवारी दर्ता प्रमाणपत्र बनाएर चोरीका गाडी संचालन गर्ने २ जना पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको हो ।

Ncell
Extreme Energy

पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ रहेका छन् । 

प्रहरीका अनुसार उनीहरुले भारतमा चोरी भएका गाडी नेपालमा ल्याएर सस्तोमा बिक्री गर्ने गरेका थिए । नेपाली बजारमा ७५ लाख बढी मूल्य पर्ने गाडीहरु उनीहरुले २१ लाखमा बेच्ने गरेको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरुसहित उनीहरुले बेचेको क्रेटा, ब्रेजा र इलेक्टोनिक्स ५ वटा गाडी नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरीले पक्राउ परेका दिलबहादुरसँग २ वटा नागरिकता समेत बरामद गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...