नेभिगेशन
सबै कुरा

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडाैँ : मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन् । 

साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए । उनले भने, “साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो ।”

CG

मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार पक्राउ परेका साहविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्दै आएका वर्ष ३७ का आकाश भन्ने नानि बावु लामा र दोलखाको मेलुङ गाउँपालिका ६ घर भइ...
नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ  सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको...
वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

क्यासिनो सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेको प्रहरीले जनाएको छ । वाल्डो क्यासिनोमा म्याग्नेटिक तास र आइ लेन्स प्रयोग गरी डमी खेलाडी खेलाएर ठगी गरेको आरोपमा...