नेभिगेशन
समाज

देश निर्वाचनमा,देउवा दम्पती सिंगापुरमा

काठमाडौँ । देशले पटक पटक राजकीय सत्ताको नेतृत्वमा पु¥याएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यस पटकको आम निर्वाचनमा सहभागी भएनन् । 

देशैभर आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ । तर, सभापति देउवा र उनकी पत्नी एवम् पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा सिङ्गापुरमा छन् । 
देउवा फागुन १३ गते राति स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । उनकी पत्नी एवम् पूर्व मन्त्री राणा त्यस अघि नै भारत हुँदै सिंगापुर पुगेकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरु निर्वाचनको दिन बिहान ९ बजेसम्म नेपाल फर्किएको कुनै विवरण नदेखिएको अध्यागमन सम्बद्ध स्रोतले सिधाकुरालाई बतायो । बिहान ९ बजेसम्म उहाँहरु नेपाल फर्किएको विवरण हामीलाई छैन् स्रोतले भन्यो । 

Ncell
Extreme Energy

यता देउवाका स्वकीय सचिव भानु देउवा भने फोन स्वीच्ड् अफ गरेर बसेका छन् । उनीसँग सम्पर्क गर्न गरेको प्रयास सफल हुन सकेन । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आन्दोलनमा देउवा परिवारको बुढानिलकण्ठस्थित निवासमा आगजनी र तोडफोड हुनुकासाथै उनीहरूमथि आक्रमण भएको थियो । 

त्यसपछि दुवै दम्पत्ति नेपाली सेनाको पहिलो चरणको उपचारपछि सिंगापुरमा थप उपचार गराइरहेका थिए । घर जल्दा फेला परेको अनगिन्ती नेपाली तथा विदेशी नोटका कारण बदनामी कमाएका उनीहरु पुष अन्तिम साता आफ्नै पार्टी नेपाली कांग्रेसबाट पार्टी कू को शिकार भएका थिए । 

महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशनमार्फत देउवालाई पार्टी नेतृत्व च्युत गरेका थिए । त्यसयता देउवा पार्टीसँग रुष्ट थिए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।