नेभिगेशन
समाज

मेरो लागि फागुन २१ कहिल्यै नबिर्सिने दिन हो : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्नो जीवनको कहिल्यै नबिर्सिने दिन भएको बताएका छन् । भक्तपुरमा मतदान गरेर फर्किएको केही समयमै ओलीले फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । 

उनले झापा विद्रोहमा हत्या गर्न लगिएको सुखानी जङ्गलबाट बाँचेर फर्किएको दिन र ६ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको दिन पनि फागुन २१ भएको स्मरण गरेका छन् । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तो छ ओलीको लेखको पूरा अशं  
आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।

Ncell
Extreme Energy

झापा आन्दोलन, जसले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको थियो। त्यही क्रममा हामीलाई जेल हालिएको थियो। झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो। जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ। देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

फागुन २१ कहिल्यै नबिर्सने दिन हो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माधव नेपालको उदाहरण दिँदै शंकर पोखरेलले ओलीलाई दिएको सुझाव

माधव नेपालको उदाहरण दिँदै शंकर पोखरेलले ओलीलाई दिएको सुझाव

नेकपा एमालेको पुनर्गठन कार्यदलले प्रारम्भिक मस्यौदा मार्फत् महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपालको उदाहरण दिँदै पद त्याग गर्न भनेका छन् ।
मधेसका सांसदहरुसँग गृह र उद्योगमन्त्रीको छलफल

मधेसका सांसदहरुसँग गृह र उद्योगमन्त्रीको छलफल

सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछिको अवस्थाका बारेमा दुई मन्त्रीले गृहमन्त्रालयमा मधेस प्रदशेका संघीय सांसदहरुसँग छलफल गरेका हुन् ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने बताएका छन्।