नेभिगेशन
समाज

निर्वाचनले  लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको छः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको बताएका छन् ।

आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात सामाजिक सञ्जाल मार्फत् जारी सन्देशमा उहाँले  शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न निर्वाचन सम्पन्न गर्न सफल भएकामा सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत धन्यवाद व्यक्त गर्दै सो कुरा बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशङ्का चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ ।”  आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबैपक्ष मिलेर अघि बढ्ने उनको विश्वास छ ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माधव नेपालको उदाहरण दिँदै शंकर पोखरेलले ओलीलाई दिएको सुझाव

माधव नेपालको उदाहरण दिँदै शंकर पोखरेलले ओलीलाई दिएको सुझाव

नेकपा एमालेको पुनर्गठन कार्यदलले प्रारम्भिक मस्यौदा मार्फत् महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपालको उदाहरण दिँदै पद त्याग गर्न भनेका छन् ।
मधेसका सांसदहरुसँग गृह र उद्योगमन्त्रीको छलफल

मधेसका सांसदहरुसँग गृह र उद्योगमन्त्रीको छलफल

सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछिको अवस्थाका बारेमा दुई मन्त्रीले गृहमन्त्रालयमा मधेस प्रदशेका संघीय सांसदहरुसँग छलफल गरेका हुन् ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने बताएका छन्।