नेभिगेशन
समाज

निर्वाचन २०८२: चुनाव भयो, अब के हुन्छ ?

अन्तरिम सरकारले आफ्नो जिम्मेवारी सफलतापूर्वक पुरा गर्यो। अब नयाँ सरकार पनि जनताको परीक्षामा सफल हुनुपर्छ, उत्तीर्ण हुनुपर्छ ।

बिहान ७ बजे भोट हाल्न लाइनमा बस्दा नै मतदातामा निकै ठूलो उत्साह थियो । 

बिहान देखिएको त्यो उत्साह साँझसम्मै देखियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतदानमा जनताको उत्साहजनक सहभागिता देखियो ।

Extreme Energy
citizen life

उत्साहजनक सहभागिता, शान्तिपूर्ण निर्वाचन । यो निर्वाचनका मुख्य विशेषता यिनै हुन् ।

निर्वाचन आयोगले भनेको छ, करिव साठी प्रतिशत मत खस्यो । विषम परिस्थितिमा अनि आकस्मिक रुपमा भएको निर्वाचनमा देखिएको यो सहभागितालाई पक्कै पनि सामान्य मान्न सकिँदैन । 

शान्तिपूर्ण रुपमा भोट हाल्न पाएकोमा मतदाता खुसी छन् । शान्तिपूर्ण निर्वाचन भएकोमा राजनीतिक दल र उम्मेदवारहरु खुसी छन् । शान्तिपूर्ण चुनाव गराउन सकेकोमा निर्वाचन आयोग खुसी छ । आफ्नो जिम्मेवारी पूरा गर्न सकेकोमा सरकार खुसी छ । मतदानलाई शान्तिपूर्ण गराउन सकेकोमा सुरक्षा निकायहरु खुसी छन् । बेखुसी कोही छैन । 

के यत्ति मात्रै हो त ? होइन । यो निर्वाचनमा पनि कतिपयले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर प्रयास गरेकै थिए । सुरुमा चुनावकै मिति सार्न खोजे, सम्भव भएन, त्यसपछि चुनाव नै हुन नदिन खोजे, त्यो पनि हुन सम्भव भएन । निर्वाध रुपमा चुनाव भयो । अब सबै जना मतपरिणामको प्रतीक्षामा छन् । 

केही ठाउँमा चुनाव बिथोल्न सकिन्छ कि भनेर केही व्यक्ति र केही समूह लागे । दोलखा, ओखलढुंगा, सर्लाही, स्याङ्जा, धादिङ लगायतका केही जिल्लामा डिस्टर्ब गर्ने प्रयास पनि गरिए ।

तर, भोट हाल्न उत्साहित मतदाताको अगाडि ती कुनै पनि तत्वको स्वार्थ पूरा हुन पाएन । निर्वाचन आयोग, सुरक्षाकर्मी अनि दलहरुको संयमता र सुझबुुझले त्यस्ता सबै हर्कत परास्त भए । मतदाताले शान्तिपूूर्ण रुपमा मतदान गरे, पहिलो जित यहीँ भयो । 
मतदान भयो । अब धेरैको चासो छ, नतिजा कस्तो आउला ? 

धेरैले त अनुमान गरिसकेका छन्। 

एउटा कुरा निश्चित भएको छ । २०५६सालपछि देशले पहिलो पटक एकल बहुमतको सरकार पाउँदैछ । बहुमतको सरकार कुन दलको बन्छ त ? सायद यो भनिरहन नपर्ला । 
चुनाव प्रचारका क्रममा देशव्यापी रुपमा रास्वपाप्रति जुन लहर देखिएको थियो, त्यो लहर मतपत्रमा पनि अभिव्यक्त भएको पाइएको छ ।

मतदान गरेका कतिपय मतदाताले खुलेरै घण्टीमा मतदान गरेको बताइसकेका छन् । जसले भनेका छैनन्, तिनले पनि घण्टीमा मतदान गरेको संकेत गरेका छन् । 

विगतमा कांग्रेस-एमाले लगायत दलहरुले भनेका थिए, यो निर्वाचन प्रणालीबाट बहुमत ल्याउन असम्भव भयो, निर्वाचन प्रणाली नै परिवर्तन गर्नु पर्यो । 

के निर्वाचन प्रणालीका कारण मात्रै यसअघिका चुनावमा दलहरुले बहुमत नपाएका हुन् त ? होइन, उनीहरुको दाबी नै गलत थियो । 

अहिले रास्वपाले जनताको मुद्दा टिपेको छ । जनताको साथमा छौं भन्ने सन्देश रास्वपा नेताहरुले दिएका छन् । देशको भविष्यको जिम्मा हामी लिन्छौं भनेका छन् । जनतालाई भरोसा जगाएका छन् । त्यसैले त जनताले पनि रास्वपाप्रति भरोसा गरेका छन् र मतदान गरेका छन् । 

रास्वपाले बहुुमत ल्याउँदा प्रधानमन्त्री बन्नेछन्, बालेन शाह । रास्वपाले चुनावअघि नै बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरिसकेको छ । 

अघिल्लो चुनावअघि बनेको पार्टी हो रास्वपा । पहिलो चुनावमै २१ सिट जित्यो । समग्रमा करिव साढे दश प्रतिशत पायो । अहिले त रास्वपाले ३ वर्ष पार गरिसकेको छ । यसबीचमा रास्वपाले सरकारमा हुँदा होस् वा सदनमा, जुन जुन मुद्दा उठायो, त्यसले जनताको मन छोयो । हो, जनताले त्यही मन अहिले मतपत्रमा अंकित गरिदिए ।

अन्तिम मत परिणाम सार्वजनिक हुन केही दिन लाग्ला । प्रत्यक्षतर्फको गणना त २४ घण्टाभित्र सकिन्छ भनेर निर्वाचन आयोगले भनिसकेको छ । समानुपातिकतर्फको भोट गन्न अर्को २४ घण्टा लाग्ला । अब बढीमा ३ दिनभित्र त करिव करिव सबै भोट गनेर सकिन्छ । निर्वाचन आयोगले भनेकै मान्ने हो भने पनि २५ गतेसम्म त आयोगले सम्पूर्ण रिपोर्ट सार्वजनिक गरिसक्छ । त्यसपछि के हुन्छ त ? 

हो, त्यसपछि हुने भनेको नयाँ सरकार गठन हो । बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्छ । नयाँ सरकारले देशको बागडोर सम्हाल्छ । अनि त्यो सरकारले जनताले चाहेअनुसारको काम गर्नेछ । 
एउटा कुरा भन्नै पर्ने हुन्छ, यो नियमित चुनाव होइन र मुलुकमा सहजै चुनाव भएको पनि होइन । 

यो चुनाव जेनजी आन्दोलनको परिणाम हो । जेनजी नजागेका भए, गएको भदौ २४ गते एमाले कांग्रेसको सत्ता ढल्ने थिएन । जेनजी जागे, ७७ जनाको त ज्यान नै गयो ।

तत्कालीन कांग्रेस-एमाले सरकारले जसरी नवयुवाका टाउको र छातीमा ताकी ताकी गोली ठोक्यो, त्यसको आक्रोश भदौ २४ मा पोखियो । भदौ २३ र २४ मा कसले के गर्यो, त्यसको छानबिन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुुझ आयोगले गरिरहेको छ। सम्भवतः अब केही दिनभित्रै कार्की आयोगले प्रतिवेदन बुुझाउने छ । त्यसपछि त दूधको दूध, पानीको पानी छुट्टिने छ । 

जनताले आफ्नो मत अभिमत व्यक्त गरिसकेका छन् । त्यसलाई अस्वीकार गर्ने छुट कसैलाई छैन । स्वीकार गर्ने मात्रै होइन, अब त्यो मतलाई सम्मान गर्ने हो । जनताको चाहना पूरा गर्ने हो ।

भदौ २७ गते, जेनजीहरुकै प्रस्ताव र रोजाईमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सत्ता सम्हाल्दै गर्दा मुलुकको अवस्था कस्तो थियो ? कल्पना गरौं त ?

उनै सुशीला कार्कीले देशलाई खरानीबाट उठाएर अहिले सहज अवतरण गराएकी छन् त्यो पनि शान्तिपूूर्ण चुनाव गराएर । नेपालमा अन्तरिम सरकार अनि नागरिक सरकार असफल भएको रेकर्ड छैन । २०४७ सालमा अन्तरिम सरकारले चुनाव गरायो । २०७० सालमा पनि अन्तरिम सरकारले नै चुनाव गरायो ।

अहिले पनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै चुनाव गरायो । शान्तिपूूर्ण रुपमा निर्वाचन गराएर मुलुकलाई सहज निकास दिन सफल भएकोमा प्रधानमन्त्री सुशीला कार्कीसहित सिंगो सरकार धन्यवाद र बधाईको पात्र बनेको छ ।

केही दिनभित्रै नागरिक सरकारले जनताबाट निर्वाचित राजनीतिक नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने छ । नयाँ सरकारले गर्नुपर्ने काम थुप्रै छ। अन्तरिम सरकारले आफ्नो जिम्मेवारीमा सफलतापूर्वक पुरा गर्यो। अब नयाँ सरकार पनि जनताको परीक्षामा सफल हुनुपर्छ, उत्तीर्ण हुनुपर्छ ।

हाम्रो शुुभकामना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकप लिग२ः युएईमाथि नेपालको जित

विश्वकप लिग२ः युएईमाथि नेपालको जित

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।
पहिरोले डोजर पुर्दा चालकको मृत्यु

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आज सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो । उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए।...