नेभिगेशन
समाज

मनाङका पाँच मतदान केन्द्रको मतपेटिका शुक्रबार ल्याइने

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएको छ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका शुक्रबार ल्याइने भएको छ ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले मनाङमा ५४.८० प्रतिशत मत खसेको जानकारी दिए । । उहाँका अनुसार यहाँ कुल सात हजार मतदातामध्ये तीन हजार १६४ मत खसेको छ । महिला एक हजार ४०६ र पुरुष एक हजार ७५८ मतदाताले मतदान गरेका उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“सहज भएको स्थानबाट मतपेटिका ल्याउने क्रम जारी रहेको छ”, उनले भने। प्रत्यक्षतर्फ एक हजार ३७५ महिला र एक हजार ५१७ पुरुषले मतदान गरेका छन् भने समानुपातिकतर्फ ३१ र पुरुष २१० गरी जम्मा २४१ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए  ।

Ncell
Extreme Energy

“अहिले सम्भव नभएपछि मनाङको विकट क्षेत्र नार्पाभूमिको मतपेटिका शुक्रबार सेनाको हेलिकप्टरमार्फत ल्याइनेछ”, उहाँले भन्नुभयो । हालसम्म पनि सडक सञ्जालले नछोएको नार्पाभूमिको मतदान सकिए पनि भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन सकस भएको उनले बताए ।

जिल्लामा शान्त तथा सौहाद्र्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । उनले भने, “जिल्लामा सौहार्द्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । मतदाताको सहभागिता पनि उत्साहजनक रह्यो,”।मनाङमा कुल मतदाता सात हजार रहेका थिए । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै