नेभिगेशन
समाज

यस्तो थियो निर्वाचनलाई सफल पार्न प्रहरीले प्रयोगमा ल्याएको प्रविधिदेखि सुरक्षा रणनीति

काठमाडौँ । देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र  सुदूरपश्चिम प्रदेशमा ४ जना गरी २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न र आचारसंहिता उल्लङ्घन गर्नेलाई कडा निगरानीमा राख्नुका साथै  निर्वाचन आचारसंहिता विपरीत कार्यमा संलग्नहरूलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । त्यस्तै देशभरका विभिन्न स्थानबाट निर्वाचनको समयमा निर्वाचन आचारसंहिता विपरीत र विना अनुमति चलाइएका २ हजार ५ सय  ९७ वटा सवारी साधनहरूलाई होल्ड गरिएको थियो । जसमध्ये २ हजार ३ सय ५१ वटा २ पाङ्ग्रे र २ सय ४६ वटा चार पाङ्ग्रे सवारी साधनहरू रहेका छन् ।

Ncell
Extreme Energy

काठमाडौं उपत्यकामा ८ सय ३० वटा, कोशी प्रदेशमा ११ वटा, मधेश प्रदेशमा १ सय ७९ वटा, बागमती प्रदेशमा २ सय ८४ वटा, गण्डकी प्रदेशमा २ सय ७६ वटा, लुम्बिनी प्रदेशमा ८ सय ८७ वटा, कर्णाली प्रदेशमा २२ वटा र  सुदूरपश्चिम प्रदेशमा १ सय ८ वटा सवारी साधनहरू होल्ड गरिएको हो । यस्तै काठमाडौं उपत्यकाको २ ठाउँमा समेत गरी देशभरका १५ ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । नेपाल प्रहरीले ती फेला परेका शंकास्पद वस्तुहरू डिस्पोजको लागि नेपाल सेनासँग आवश्यक समन्वय गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित तथा सुरक्षित रूपमा सफलतापूवर्क सम्पन्न गर्न नेपाल प्रहरी देशै भर प्रभावकारी रूपमा परिचालित भई आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा वहन गरेको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको स्पष्ट कार्यादेश अनुरूप निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आधारभूत तहदेखि विशिष्ट श्रेणी सम्मका सम्पूर्ण प्रहरी कर्मचारीहरू उच्च मनोबल, कर्तव्यनिष्ठा र समर्पणका साथ खटिएको हो ।

उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोगका साथै निर्वाचन क्षेत्रमा देखा पर्न सक्ने सानो भन्दा सानो सुरक्षा चुनौतीलाई सुक्ष्म रूपमा विश्लेषण गरी अन्य सुरक्षा निकायसँगको निरन्तर समन्वय एवम् सहकार्य गरी नेपाल प्रहरीले आफ्नो भूमिका निर्वाह गरेको छ । निर्वाचन क्षेत्रलाई सुरक्षित एवम् शान्तिपूर्ण बनाउन नेपाल प्रहरीले निर्वाचनको सुरक्षालाई लक्षीत गर्दै आधुनिक प्रविधिको प्रयोग गरी प्रत्यक्ष निगरानी गर्नुका साथै आवश्यक सुरक्षा रणनीति तर्जुमा समेत गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै