नेभिगेशन
समाज

झापा–५ मा ओलीसँग बालेनको अचम्मको प्रारम्भिक मतान्तर

काठमाडौँ । देशमा अबको प्रधानमन्त्री को हुने भन्ने चर्चा चलिरहँदा यस निर्वाचनमा सबैको ध्यान तानेको निर्वाचन क्षेत्र हो- झापा ५ । अहिले मतगणना भइरहेको झापा–५ जहाँबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिस्पर्धामा छन् ।

यी दुवै नेता अबको प्रधानमन्त्रीका दाबेदार पनि हुन । त्यस कारण पनि झापा ५ को चुनावी प्रतिस्पर्धालाई सबैले निकै चासोले हेरिरहेको थियो। तर बिहीबार मतदान सम्पन्न भएर शुक्रवारदेखि झापा ५ को मतगणना भइरहँदा  आइरहेको प्रारम्भिक मत परिणामले भने आम रुपमा सोचे जस्तो उनीहरूका बीचमा प्रतिस्पर्धा देखिँदैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो समाचार तयार पार्दासम्म झापा ५ मा २२ हजार ६ सय ९१ मतगणना हुँदा रास्वपाका वरिष्ठ नेता तथा झापा–५ प्रतिनिधिसभा उम्मेदवार बालेन शाह ११ हजार ८ सय २५ मतान्तरले अगाडि छन् । उनको यो अग्रता सुरुवातदेखिकै हो ।

Ncell
Extreme Energy

रास्वपाका उम्मेदवार शाहले १५ हजार एक सय ६९ मत प्राप्त गरेका छन् भने नेकपा एमाले अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार केपी शर्मा ओलीले तीन हजार ३ सय ४४ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले एक हजार ६ सय ७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।