नेभिगेशन
समाज

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता

कास्की । प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीमा जारी मतगणनामा तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् ।

कास्की–१ मा शुक्रवार साँझसम्म १९ हजार ६१३ मत गणना सकिएको छ ।  जसमा रास्वपा उम्मेदवार गनेस पौडेलले आठ हजार १३० मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । यसैगरी नेकपा (एमाले)का उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले चार हजार ८३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका तिलक रानाभाटले चार हजार ३६४ मत प्राप्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्की–२ मा रास्वपाका उत्तम पौडेलले १९ हजार ७१७ मतसहित अग्रता बनाएका छन् । एमालेकी उम्मेदवार रश्मी आचार्यले पाँच हजार ४९१ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका माधव बाँस्तोलाले तीन हजार १३२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए ।

Ncell
Extreme Energy

कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले २१ हजार १०१ मतसहित फराकिलो अग्रता बनाए । नेपाली कांग्रेसका मनोज गुरुङले आठ हजार ९२४ मत प्राप्त गर्दा नेकपा एमालेका दामोदर पौडेल चार हजार ७८७ मत प्राप्त गरेका छन् । कास्की–३ मा एक लाख सात हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो ।

यस्तो छ यो समाचार तयार पार्दासम्मको प्रारम्भिक मत परिणामः

कास्की–१ को प्रारम्भिक मतपरिणाम
घण्टी (खडक राज पौडेल)–१०,३५८ 
सूर्य (वैन बहादुर क्षेत्री)–५,१२० 
रुख (तिलक रानाभाट)–४,८७२ मत

कास्की–२ को प्रारम्भिक मतपरिणाम
घण्टी(उत्तम प्रसाद पौडेल)–२१,३०८
सूर्य(रश्मि आचार्य)–५,७४०
रुख(माधव प्रसाद बास्तोला)–३,३४४ 

कास्की–३ को प्रारम्भिक मतपरिणाम
घण्टी(बिना गुरुङ)–२४,०२६ 
 रुख(मनोज गरुङ)–९,४८६ 
सूर्य(दामोदर पौडेल)–५,१८६ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’