नेभिगेशन
समाज

काठमाडौँमा भारी मतान्तरसहित रास्वपाको 'क्लिनस्विप', अरु दल प्रतिस्पर्धीसमेत देखिएनन्

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनतर्फ दश  क्षेत्र रहेका काठमाडौँकामा दश वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

रास्वपाका निर्वाचित उम्मेदवारहरुको मतान्तर हेर्दा काठमाडौँमा ठुला कहलियका कुनैपनि राजनीतिक दलका उम्मेदवारहरु उनीहरु सामु प्रतिस्पर्धि समेत देखिएनन् । भने कैयन क्षेत्रमा ठुला भनिएका दलका उम्मेदवारका जमानत समेत जफत भएका छन् । काठमाडौँ क्षेत्र नम्बर १ मा रञ्जु न्यौपाने निर्वाचित भएका भएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यौपाने १५ हजार चार सय ५५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन । उनले ९ हजार ९१ मतान्तरसहित निर्वाचित भएकी हुन । त्यस्तै काठमाडौँ २ मा रास्पाकै सुनिल केसी निर्वाचित भएका छन् । उनले ३४ हजार दुइ सय ३८ मत प्राप्त गरेका छन् । उनी २५ हजार तीन सय ६४ मतान्तरले निर्वाचित भएका हुन ।

Ncell
Extreme Energy

त्यस्तै काठमाडौँ ३ मा पनि रास्वपाकै राजु नाथ पाण्डे निर्वाचित भएका छन् । उनी १८ हजार ७ सय ५६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तरका साथ निर्वाचित भएका थिए । उनको मतान्तर ७ हजार पाँच सय ८५ रहेको छ ।

त्यस्तै काठमाडौँ ४ मा पनि रास्वपाकै उम्मेदवार पुकार बम निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार बम २९ हजार एक सय ८२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तरले निर्वाचित उम्मेदवार हुन । उनको मतान्तर २० हजार तीन सय १८ रहेको छ ।

त्यस्तै काठमाडौँ ५ मा समेत रास्वपाकै सस्मित पोखरेल निर्वाचित भएका छन् । उनले ३० हजार सात सय ३७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तर सहित निर्वाचित उम्मेदवार हुन । उनको मतान्तर २१ हजार पाँच सय ७८ रहेको छ ।

त्यस्तै, काठमाडौँ ६ मा रास्वपाकै उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । उनी २७ हजार सात सय १९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तरसहित निर्वाचित उम्मेदवार हुन । उनको मतान्तर २० हजार ९ सय ६८ रहेको छ ।

त्यस्तै काठमाडौँ ७ मा समेत रास्वपाकै उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । उनले २७ हजार आठ सय ५ मत प्राप्त गरेका हुन । उनी पनि निकै भारी मतान्तरले निर्वाचित उम्मेदवार हुन । उनको मतान्तर २३ हजार आठ सय २३ मतान्तर रहेको छ ।

त्यस्तै काठमाडौँ ८ मा पनि रास्वपाकै उम्मेदवार विराज भक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार पाँच सय ९२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनको मतान्तर समेत निकै बढी रहेको छ । उनले प्राप्त गरेको मतान्तर २१ हजार तीन सय ७५ रहेको छ । उनी यस निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित उम्मेदवार हुन ।

त्यस्तै काठमाडौँ ९ मा रास्वपा उम्मेदवार डीपी अर्याल ३५ हजार बढी मतान्तरले विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत हुन । अर्याल ३५ हजार ९३ मत ल्याउदै निर्वाचित भएका छन् । अर्याल पनि निकै भारी मतान्तरसहित निर्वाचित भएका छन् । उनको मतान्तर २९ हजार ६ सय ३३ रहेको छ ।

त्यस्तै काठमाडौँ १० मा पनि रास्वपाकै उम्मेदवार प्रदिप विष्ट निर्वाचित भएका छन् । उम्मेदवार विष्ट ३७ हजार ४ सय ५९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तरले निर्वाचित भएका छन् । उनको मतान्तर २९ हजार ३ सय ५९ रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।