नेभिगेशन
समाज

हारमा ह्याट्रिक गरेपछि राजनीतिलाई रवीन्द्रको बाई–बाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले राष्ट्रिय राजनीतिबाट बाहिरिने निर्णय गरेका छन् ।

उनले काठमाडौँ १ बाट पराजित भएसँग सो निर्णय गरेका हुन । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे यताका तीन पटक भएका संसदीय निर्वाचनमा उनी तीनै पटक पराजय भएका उम्मेदवार हुन । मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेको छन्, ‘मैले आज जे निर्णय लिँदै छु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोची–विचारी लिँदै छु। देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पुँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।’

Ncell
Extreme Energy

त्यस्तै उनले विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । सोही परिप्रेक्ष्यका आधारमा निम्न दुई निर्णय लिएको जनाएका छन् ।

पहिलो निर्णयमा उनले आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छन् । भने उनको दोस्रो निर्णयमा राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत् रहने र तत्कालका लागि गैर दलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहने बताएका छन् ।

त्यस्तै उनले भनेका छन्, ‘गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन। तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन। यी यावत वर्षहरूमा यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ।’

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । त्यस्तै उनले चिन्ता व्यक्ति गर्दै भनेका छन्, ‘प्रचण्ड पथ’मा पट्टी लगाएको घोडा सरह एकोहोरिएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् त्यत्ति कामना गर्दछु।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’