नेभिगेशन
समाज

निर्वाचन अपडेटः सबै क्षेत्रमा मतगणना सुरु, ५८ क्षेत्रको परिणाम सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो हुने निर्वाचित हुने तर्फको मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न मौसमले साथ नदिएपछि केही क्षेत्रको मतगणना सुरु गर्न ढिलाइ भएको थियो ।

पछिल्लोपटक हेलिकप्टरबाट ढुवानी गरिएका सङ्खुवासभा र गोरखाको मतगणना शनिवार बिहानदेखि सुरु भइसकेको छ । यसैगरी मुगुमा मानिसले बोकेर मतपेटिका ढुवानी गरेपछि दिउँसो ४ः०० बजेदेखि सुरु भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले ५८ क्षेत्रमा मतगणना सकिएको भनी आयोगको प्रणालीमा तथ्याङ्क प्रविष्टि भएको उनले जानकारी दिए। आयोगको प्रणालीमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रविष्टि गर्न प्राविधिक समस्याका कारण केही ढिलाइ समेत हुने गरेको छ ।

Ncell
Extreme Energy

प्रत्यक्षतर्फ मतगणना सकिएका क्षेत्रमा समानुपातिकमा पनि गणना सुरु भएको छ । समानुपातिकतर्फ हालसम्म तीन लाख ७० हजार मतगणना भई त्यसको विवरण आयोगको प्रणालीमा प्रविष्टि भएको सहायक प्रवक्ता जिसीले जानकारी दिए। प्रत्यक्षतर्फ आइतबार बेलुकीसम्म १६५ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुने गरी गणना भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै