नेभिगेशन
सबै कुरा

मुगुकी महिला स्वास्थ्यकर्मीकाे चित्कारः दलित भनेर बस्ने कोठा पाइनँ, शाखा प्रमुखले नै यौन हिंसा गरे (भिडियाेसहित)

मुगु । दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले लोकसेवा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ भयो । गत माघमा  स्वास्थ्य चौकीमा हाजिर भएकी उनी स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बसिन् । 

खनायाका स्थानीयलाई आफ्नो क्षमताले भ्याएसम्म सेवा गरेकी तुलसीले ११ महिना पछि भने दलित भएको भन्दै गाउँनै छोड्नु पर्यो ।    

CG


स्वास्थ्यचौकीमा पोस्टिङ भएपछि डेरा दिएका स्वास्थ्यकर्मी सुरजको परिवारले नै दलित भएको भन्दै डेराबाट निकालेको तुलसी बताउँछिन् ।  

उनका अनुसार सुरजका परिवारले बसेको ११ महिनापछि तुलसी दलित भएको थाहा भएको भन्दै घर छोड्न दबाब दिए । 'घरबेटीले कोठा  छोड्न भनेपछि अन्य घरमा  कोठा मागे तर दलित भएको भन्दै कसैले पनि कोठा दिन मानेनन्', तुलसी भन्छिन् । 

तुलसीले खनायामा जातीय विभेद मात्रै होइन गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाइन् । मंगलबार जिल्ला प्रशासन कार्यालय मुगुमा प्रमुख जिल्ला  अधिकारी सहित सरोकारवालासँग तुलसीले दुख बिसाउँदै भनिन्, 'शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै कहाँ भेट्न आउँछु भन्थे'। 

'मल्लले मात्रै होइन गाउँ का अन्य युवाहरूले समेत बिरामी बहाना गराएर मध्यरातमा  फोन गर्ने, रक्सी खाएर यौन प्रस्ताव गर्दै मानसिक तनाव दिए', तुलसीले गुनासो गरिन् । 

साथै केही समय अघि स्वास्थ्य चौकीकै सहकर्मीको जन्मदिनमा मदिरा मिसाएको कोका खुवाएर आफ्नो भिडियो रेकर्ड गरेर चरित्र हत्या समेत गरेको तुलसी बताउँछिन् । 

'गाउँ पुगेको केही समयमै आफू असुरक्षित  रहेको बुझेपनि जागिर भएकाले केही समय सहे तर शारीरिक तथा मानसिक यातना देखि सामाजिक विभेदले सीमा नाघेपछि परिवारलाई सुनाए', तुलसी भन्छिन् । 

अहिले तुलसी सदरमुकाम आएकी छिन् । जिल्ला प्रहरी कार्यालय मुगुले भने अहिलेसम्म तुलसीले उजुरी नदिएकाले अनुसन्धान नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी बिरेन्द्र थापाले पीडितको निवेदन दर्ता भएसँगै कानुनी प्रकृया अघि बढ्ने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्दै आएका वर्ष ३७ का आकाश भन्ने नानि बावु लामा र दोलखाको मेलुङ गाउँपालिका ६ घर भइ...
नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ  सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको...
वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

क्यासिनो सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेको प्रहरीले जनाएको छ । वाल्डो क्यासिनोमा म्याग्नेटिक तास र आइ लेन्स प्रयोग गरी डमी खेलाडी खेलाएर ठगी गरेको आरोपमा...