नेभिगेशन
सबै कुरा

मुगुकी महिला स्वास्थ्यकर्मीकाे चित्कारः दलित भनेर बस्ने कोठा पाइनँ, शाखा प्रमुखले नै यौन हिंसा गरे (भिडियाेसहित)

मुगु । दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले लोकसेवा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ भयो । गत माघमा  स्वास्थ्य चौकीमा हाजिर भएकी उनी स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बसिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खनायाका स्थानीयलाई आफ्नो क्षमताले भ्याएसम्म सेवा गरेकी तुलसीले ११ महिना पछि भने दलित भएको भन्दै गाउँनै छोड्नु पर्यो ।    

Ncell
Extreme Energy


स्वास्थ्यचौकीमा पोस्टिङ भएपछि डेरा दिएका स्वास्थ्यकर्मी सुरजको परिवारले नै दलित भएको भन्दै डेराबाट निकालेको तुलसी बताउँछिन् ।  

उनका अनुसार सुरजका परिवारले बसेको ११ महिनापछि तुलसी दलित भएको थाहा भएको भन्दै घर छोड्न दबाब दिए । 'घरबेटीले कोठा  छोड्न भनेपछि अन्य घरमा  कोठा मागे तर दलित भएको भन्दै कसैले पनि कोठा दिन मानेनन्', तुलसी भन्छिन् । 

तुलसीले खनायामा जातीय विभेद मात्रै होइन गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाइन् । मंगलबार जिल्ला प्रशासन कार्यालय मुगुमा प्रमुख जिल्ला  अधिकारी सहित सरोकारवालासँग तुलसीले दुख बिसाउँदै भनिन्, 'शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै कहाँ भेट्न आउँछु भन्थे'। 

'मल्लले मात्रै होइन गाउँ का अन्य युवाहरूले समेत बिरामी बहाना गराएर मध्यरातमा  फोन गर्ने, रक्सी खाएर यौन प्रस्ताव गर्दै मानसिक तनाव दिए', तुलसीले गुनासो गरिन् । 

साथै केही समय अघि स्वास्थ्य चौकीकै सहकर्मीको जन्मदिनमा मदिरा मिसाएको कोका खुवाएर आफ्नो भिडियो रेकर्ड गरेर चरित्र हत्या समेत गरेको तुलसी बताउँछिन् । 

'गाउँ पुगेको केही समयमै आफू असुरक्षित  रहेको बुझेपनि जागिर भएकाले केही समय सहे तर शारीरिक तथा मानसिक यातना देखि सामाजिक विभेदले सीमा नाघेपछि परिवारलाई सुनाए', तुलसी भन्छिन् । 

अहिले तुलसी सदरमुकाम आएकी छिन् । जिल्ला प्रहरी कार्यालय मुगुले भने अहिलेसम्म तुलसीले उजुरी नदिएकाले अनुसन्धान नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी बिरेन्द्र थापाले पीडितको निवेदन दर्ता भएसँगै कानुनी प्रकृया अघि बढ्ने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...