नेभिगेशन
समाज

चितवन १ मा ४५ हजार बढी मतान्तरले रास्वपाका हरि ढकाल विजयी

काठमाडौँ । चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ भोट अन्तरले पराजित गरे। ढकालको ५८ हजार २०८ मत आउँदा बुर्लाकोटीको १३ हजार ३३ मत आएको थियो। ढकाल २०७९ को प्रतिनिधिसभामा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले त्यतिखेर नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए। ढकालले ३४१८९ भोट ल्याउँदा निकटतम प्रतिद्वन्द्वी पाण्डेले २६६०८ र पौडेलले २४९९० मत प्राप्त गरेका थिए।

Ncell
Extreme Energy

शनिबार प्राप्त अन्तिम मतपरिणामका अनुसार यो क्षेत्रबाट नेकपा एमालेका दावा दोर्जे लामाले १० हजार ८९९, नेकपाका कृष्ण पन्तले ४ हजार ८१, राप्रपाका बलराम खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।