नेभिगेशन
समाज

हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा अग्रस्थानमा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् । यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित डा लेखजङ्ग थापा ५० हजार ३७९ मतान्तरले विजयी भएका छन् । उनले ५८ हजार ८१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले आठ हजार ४३५ मत प्राप्त गरेका छन् ।

रुपन्देही क्षेत्र नं २ बाट रास्वपाका सुलभ खरेल ४३ हजार ६८९ मतान्तरले विजयी भएका छन् । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं ६ बाट रास्वपाका उम्मेदवार रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी छन् । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा शेखर कोइराला १२ हजार ८५० मतसहित दोस्रो स्थानमा सीमित हुनु पर्यो ।

मोरङ निर्वाचन क्षेत्र नं ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर विजयी हुँदा उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गरेका छन् । उच्च मतान्तरले विजयी हुने उम्मेदवारमा धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र नीतिले १६ हजार ६५२ मत प्राप्त गरेका छन् । 

महोत्तरी क्षेत्र नं १ बाट रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणी पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका छन्। बारा क्षेत्र नं ३ मा रास्वपाका अरबिन्द साह ३० हजार ६४५ मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्।
बारा निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका रहवर अंसारी ४१ हजार २०० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन् । जुन २९ हजार ५६१ को मतान्तर हो । पर्सा निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीले छ हजार ३६४ मत ल्याउँदा नौ हजार ९१ मतान्तरसहित न्यौपाने विजयी भएकी हुन ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ सात हजार ५८५ मतान्तरले पछि पर्दै ११ हजार १७१ मत प्राप्त गरेका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित विजयी हुनुभएको छ । उहाँ २० हजार ३१८ मतान्तरसहित विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिव तिमल्सेनाको आठ हजार ८२४ मत छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार १५९ मत प्राप्त गर्नुभयो । त्यस्तै निर्वाचन क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुली २७ हजार ८०५ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंको भन्दा २३ हजार ८२३ मत बढी प्राप्त गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गर्नुभयो । निर्वाचन क्षेत्र नं ९ मा रास्वपाका डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा रास्वपाका उम्मेदवार प्रदिप विष्ट ३७ हजार ४६९ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीको भन्दा विष्टको मत २९ हजार ४६९ ले बढी हो । कार्कीले आठ हजार १०० मत प्राप्त गर्नुभएको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रुकेश रञ्जित ३३ हजार ४३६ मतसहित विजयी हुनुभएको छ । उहाँ पाँच हजार २८९ मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको २८ हजार १४७ मत रहेको छ ।

ललितपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मतसहित विजयी हुनुभएको छ । महर्जन नौ हजार ८५३ मतान्तरसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उदयशम्शेर राणाले १३ हजार ५२० मत प्राप्त गर्नुभयो ।

चितवन निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी हुनुभएको छ । उहाँ ३९ हजार ८३८ मतान्तरसहित विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ । यसरी निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश प्रतिनिधि ठूलो मतान्तरले विजयी भएका छन् । 

    नेपाली कांग्रेस
तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस का उम्मेदवार सन्तोष सुब्वा ११ हजार ५६१ मतसहित विजयी हुनुभएको छ । उहाँ ८७९ मतान्तरसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

मनाङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ दुई हजार ४१५ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार यशोदा गुरुङ ९सुवेदी० ले ४५४ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का इन्द्रधारा विष्टले एक हजार ८०६ मत प्राप्त गरेका छन्। 

दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार वासना थापा १२ हजार ३७२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको हो ।

डोटी निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन् ।

त्यस्तै, अछामको निर्वाचन क्षेत्र नं १ बाट १० हजार ७५९ मतसहित भरतकुमार स्वाँर, सुर्खेतको क्षेत्र नं १ बाट २६ हजार ८९७ मतसहित विष्णुबहादुर खड्का, जाजरकोटको क्षेत्र नं १ बाट २० हजार १४२ मतसहित खड्कबहादुर बुढा र कपिलवस्तुको निर्वाचन क्षेत्र नं ३ बाट २३ हजार ५३५ मतसहित अभिषेक प्रताप शाह निर्वाचित भएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
बाँके निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्की रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरेका छन् ।

बझाङ निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार ऐनबहादुर महर १८ हजार ५४३ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत ल्याएका छन् । दैलेख क्षेत्र नं २ बाट लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित भएका छन्।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)
रुकुम (पूर्वी भाग) निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल १० हजार २४० मतसहित विजयी भएका छन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले तीन हजार ४६२ मा प्राप्त गर्नुभयो । त्यस्तै, रोल्पाको निर्वाचन क्षेत्र नं १ बाट वर्षमान पुन २७ हजार ४६० मतसहित निर्वाचित हुनुभएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन्। शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग तीन हजार १८१ मतान्तरसहित निर्वाचित भएका हुन । 

स्वतन्त्र उम्मेदवार
म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० महतसहित विजयी भएका छन् । उक्त निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार हरीकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले समान छ हजार ६७६ मत प्राप्त गरेका छन् । पुन १४ हजार ९३१ मतान्तरसहित विजयी भएका हुन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत ल्याएर निर्वाचित भएकी हुन । निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मत सहित दोस्रो बनेकी छन्...
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

मतगणना भइसकेका ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भइसकेका छन् भने मतगणना हुन बाँकी रहेका ४ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदरवारको भारी मतान्तर रहेको रहेको देखिन्छ ।...
काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

रास्वपाका उम्मेदवार पराजुली २७ हजार आठ सय ५ मत प्राप्त गर्दै विजयी भएका हुन । पराजुली निकै भारी मतान्तरले निर्वाचित भएका छन् ।
काठमाडौ १० मा रास्वपाका  विष्ट विजयी

काठमाडौ १० मा रास्वपाका  विष्ट विजयी

उनले ३७ हजार ४  सय ६९  मत प्राप्त गरेका छन् । निकट प्रतिद्वन्द्वी  नेपाली काङ्ग्रेसका  हिमाल कार्कीले   ८  हजार  १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।