नेभिगेशन
सबै कुरा

एनसेल किन्ने शतिसलालसँग मेरो, शेरबहादुर देउवा र ओलीको राम्रो सम्बन्ध छ : प्रचण्ड (भिडियाेसहित)

काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद गर्ने शतिसलालसँग आफ्नो मात्र नभएर शेरबहादुर देउवा, केपी शर्मा ओलीको समेत राम्रो सम्बन्ध भएको बताएका छन् ।


CG

मंगलबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै प्रचण्डले आफ्नी श्रीमति बिरामी भएर सिंगापुर लैजाँदा उनै एनसेलको सेयर खरिदकर्ताको घरमा बसेको स्विकार गरेका छन् । त्यस्तै उनले शतिसलालसँग नेपाली काँग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीसँग समेत राम्रो सम्बन्ध भएको बताएका छन् ।

‘एनसेलको सेयर खरिद गर्ने सबैलाई राम्रोसँग चिन्छु । मेरो श्रीमति बिरामी भएको बेला २ पटक सिंगापुर गएको छु । ति साथीहरुकैमा बसेको पनि छु म । शेरबहादुरजी जाँदा पनि बस्नु भएको छ । केपी शर्मा ओलीजी जाँदा पनि बस्नुभएको छ ।’, उनले थपे, ‘बिचबिचमा कुराकानी पनि हुन्छ तर त्यसको अर्थ राष्ट्र र जनताका विरुद्ध, हाम्रो ऐन, कानुनका विरुद्ध, हाम्रो सिस्टमका विरुद्ध कोही जान्छ भने जोसुकै होस, हामी त लड्न तयार भएको हो ।’

 त्यस्तै उनले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गर्दैं भनेका छन्, ‘जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो, यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...