नेभिगेशन
सबै कुरा

एनसेल किन्ने शतिसलालसँग मेरो, शेरबहादुर देउवा र ओलीको राम्रो सम्बन्ध छ : प्रचण्ड (भिडियाेसहित)

काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद गर्ने शतिसलालसँग आफ्नो मात्र नभएर शेरबहादुर देउवा, केपी शर्मा ओलीको समेत राम्रो सम्बन्ध भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

मंगलबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै प्रचण्डले आफ्नी श्रीमति बिरामी भएर सिंगापुर लैजाँदा उनै एनसेलको सेयर खरिदकर्ताको घरमा बसेको स्विकार गरेका छन् । त्यस्तै उनले शतिसलालसँग नेपाली काँग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीसँग समेत राम्रो सम्बन्ध भएको बताएका छन् ।

‘एनसेलको सेयर खरिद गर्ने सबैलाई राम्रोसँग चिन्छु । मेरो श्रीमति बिरामी भएको बेला २ पटक सिंगापुर गएको छु । ति साथीहरुकैमा बसेको पनि छु म । शेरबहादुरजी जाँदा पनि बस्नु भएको छ । केपी शर्मा ओलीजी जाँदा पनि बस्नुभएको छ ।’, उनले थपे, ‘बिचबिचमा कुराकानी पनि हुन्छ तर त्यसको अर्थ राष्ट्र र जनताका विरुद्ध, हाम्रो ऐन, कानुनका विरुद्ध, हाम्रो सिस्टमका विरुद्ध कोही जान्छ भने जोसुकै होस, हामी त लड्न तयार भएको हो ।’

 त्यस्तै उनले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गर्दैं भनेका छन्, ‘जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो, यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै