नेभिगेशन
समाज

सल्यानमा नेकपाका रमेशकुमार मल्ल निर्वाचित

प्रतिनिधि सभा निर्वाचनमा सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

मल्लले २३९८९ मत प्राप्त गरि निर्वाचित भएका हुन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले  २०९०४ मत प्राप्त गरे । मल्ले चन्दलाई २२८५ मतान्तरले पराजित गरेका हुन । 

Ncell
Extreme Energy

नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छँदा मल्ल स्वकीय सचिवको भूमिकामा थिए। उनी विद्यार्थी राजनीतिबाट उदाएका ब्यक्ति हुन्। पराजित हुने राश्वपाका चन्द कर्णाली प्रदेश महामन्त्रीमा हुन्। 

सल्यानमा नेपाली कांग्रेस तेस्रो बन्यो। कांग्रेस उम्मेदवार केशबहादुर विष्टले १७५५८ मत प्राप्त गरे। बिष्ट जिल्ला पार्टी सभापति हुन।

उनी जिल्ला समन्वय समिति प्रमुख छँदा यसअघिको स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकामा पनि पराजित भएका थिए । 

नेकपा एमाले यहाँ चौथो बन्यो। एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले  १५,३७३ मत प्राप्त गरे । कर्णाली प्रदेश पूर्व सांसद शाह यसअघिको निर्वाचनमा पनि पराजित भएका थिए । 

नेकपाबाट यसअघि छिमेकी जिल्ला रोल्पाबाट बर्षमान पुन, रुकुम पूर्वबाट पार्टी संयोजक पुष्पकमल दाहाल, छिमेकी जिल्ला रुकुम पश्चिम बाट गोपाल शर्मा निर्वाचित भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।