नेभिगेशन
समाज

उदयपुर–२ मा रास्वपा उम्मेदवार सुर्य लामा भारी मतान्तरले निर्वाचित

काठमाडौँ । उदयपुर –२  बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुर्य लामा  निर्वाचित भएका छन् । निर्वाचन मत परिणाम अनुसार उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बरबहादुर रायमाझीलाई  ७ हजार १ सय ५४ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् ।

अन्तिम मत परिणाम अनुसार लामाले १४ हजार ८०२  मत प्राप्त गरेका छन् भने रायमाझीले ७  हजार ६४८ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका राम कुमार राईले  ७ हजार २ सय १०, नेपाली कम्युनिस्ट पार्टीका सुरेशकुमार राईले  ५ हजार १९७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका बलराज राइले ४ हजार १३९  मत  प्राप्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको जिल्ला सचिव समेत रहेका लामाले पुराना दलबाट विकास सम्भव नभएको भन्दै युवाहरु राजनीतिमा आउनु पर्छ भन्ने मान्यताले आफू राजनीतिमा आएको बताएका छन। लामा कटारी , ७ मर्जेतपुरका स्थानीय हुन् । ४१ वर्षिय लामा यस अघि पर्यटन विकास लागि कटारी ७ कै गढिकोटको पर्यटन विकासका अभियन्ता थिए ।

Ncell
Extreme Energy

स्थानीय पर्यटकीय विकास गर्नुपर्छ भनेर काम गरिहेका लामा २०७९ साल असोजदेखि रास्वापामा कृयाशिल राजनीति गरिरहेका छन् । कक्षा १२ उत्तीर्ण लामा भ्रष्टाचार , वेथितिले सिमा नाघेपछी नयाँ पुस्ता राजनीतिमा आउने क्रममा आफु पनि सकृय भएको लामा बताउँछन् । युवाहरु  माझ सवैसँग घुलमिल हुने कम वोल्ने र मिजासिलो स्वाभावका लामा आफूलाई भुई मान्छेको प्रतिनिधित्व ठान्छन्।  

यस क्षेत्रमा गएको २०७९ को निर्वाचनमा रास्वपाबाट अनिल श्रेष्ठ उमेद्वार बनेका थिए ।  पार्टी पहिलो पटक चुनावी मैदानमा जाँदा यस क्षेत्रमा श्रेष्ठले ९ सय १० र समानुपातिक तर्फ पार्टीले ३ हजार ८ सय ६ मत ल्याएको थियो ।

यस अघिको ईतिहासमा कम्युनिष्ट पार्टीहरुले चुनाव जितेको यस क्षेत्रमा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा चुनावको नतिजा आएको छ।  २०७४ र २०७९ को निर्वाचनमा कम्युनिस्ट प्रभाव देखिएको उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा यसपटक एमालेका निवर्तमान सांसद अम्बरबहादुर रायमाझी पुनः उम्मेदवार बनेका थिए ।

उनका प्रतिस्पर्धीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुरेशकुमार राई ‘हिमाल’, नेपाली कांग्रेसबाट रामकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्य लामा , श्रम संस्कृति पार्टीबाट बलराज राई र स्वतन्त्र उम्मेदवार मेजरकुमार राईसहित १३ जना चुनावी मैदानमा सहभागी थिए ।

२०७९ को निर्वाचनमा ४२ हजार १६१ मत सदर हुँदा रायमाझीले १५ हजार २५१ मत ल्याएर जितेका थिए । तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत पाएर पराजित भएका थिए । कांग्रेसबाट असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवार बनेका रामकुमार राईले १० हजार ३७९ मत ल्याउँदा खतिवडाको हार भएको थियो ।

यस क्षेत्रमा बहुदलपछि पनि कम्युनिष्ट र गणतन्त्रपछि ०७० सालमा भएको संविधानसभाको एक चुनावमा मात्र कांग्रेसका नारायण वहादुर कार्की  विजयी भएका थिए भने बाँकी सबै निर्वाचनमा कम्युनिस्ट पार्टी नै विजयी हुँदै आएको क्षेत्र हो ।  क्षेत्र नम्बर २ अन्तर्गत उदयपुरगढी गाउँपालिकामा २० हजार ८७९, रौतामाईमा १४ हजार ९९३, लिम्चुङबुङमा आठ हजार ६८९, कटारी नगरपालिकामा ४१ हजार ४०६ र ताप्ली गाउँपालिकामा १० हजार १५५ गरी कुल ९६ हजार १२२ मतदाता छन् ।  ५१ मतदान स्थलका १ सय १५ मतदान केन्द्र मार्फत मतदाताले यस क्षेत्रमा मतदान गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।