नेभिगेशन
समाज

निर्वाचन अपडेटः हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएको छ । आज विहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी हुनुभएको छ भने ३ स्थानमा अग्रता लिएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी र २ अग्रस्थानमा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

Ncell
Extreme Energy

समानुपातिकतर्फ
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न  समानुपातिक निर्वाचनतर्फ हालसम्म २७ लाख ६१ हजार ४२१ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले १३ लाख ८८ हजार ४२१, नेपाली कांग्रेसले चार लाख ७१ हजार ३५५, नेकपा (एमाले)ले तीन लाख ८० हजार ९३२ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै