नेभिगेशन
समाज

अरबपति चौधरीलाई हराउँदै नवलपरासी पश्चिम १ मा रास्वपाका विक्रम खनाल निर्वाचित

नवलपरासी । नवलपरासी परिश्चम क्षेत्र न १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम खनाल निकै भारी मतान्तरले निर्वाचित भएका छन। रास्वपाका खनालले ४५ हजार दुइ सय ४१ मत प्राप्त गरेका हुन ।

उनका प्रतिस्पर्धि रहेका नेपाली काँग्रेसका बिनोद कुमार चौधरीले ९ हजार पाँच सय २ मत प्राप्त गरेका छन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका खनाल ३५ हजार सात सय ३९ मतान्तरले निर्वाचित भएका छन् । खनालसंग भारी मतान्तरले पराजित भएका काँग्रेस उम्मेदवार चौधरी गत निर्वाचनका बिजयी उम्मेदवार हुन । त्यस्तै नेकपा एमालेका राम प्रसाद पाण्डेले ७ हजार ९ सय ५६ मत प्राप्त गरेका छन।

Ncell
Extreme Energy

यता जनता समाजवादी पार्टी नेपालका हृदयेस त्रीपाठिले ७८३२ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवनित कुमार मिश्रले एक हजार पाँच सय ९३ मत प्राप्त गरेका छन। त्यस्तै यस क्षेत्रमा उम्मेदवारी दर्ताका गराए यता पराजित भएका काँग्रेस उम्मेदवार चौधरीले आफ्नो प्रतिस्पर्धि नभएको र कसैसंग आफ्नो प्रतिस्पर्धा नहुने बताउदै आएका थिए ।

त्यस्तै निर्वाचित भएका खनालले यस क्षेत्रका किसान, शिक्षा, स्वास्थ्री, व्यापार , पर्यटनलाई केन्द्रमा राखेर कार्यक्रम बनाएर क्रमस पूरा गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेका छन। निर्वाचित खनाल नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री परित्याग गरि रास्वपा प्रवेश गरेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुने भएको छ।
पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

मागेर जीविकोपार्जन गर्ने पुख्र्यौली पेसा छाडेको वर्षौं बितिसक्यो। तर बाँकेको माहुत समुदायको जीवनमा अभाव र सङ्कट भने घटेको छैन।
आज कति छ डलरको भाउ?

आज कति छ डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।