नेभिगेशन
समाज

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

काठमाडौँ । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ ।

धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहेका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर राई निर्वाचित भएका थिए । सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण राई छोटो समयमै चर्चामा आएका थिए ।

Ncell
Extreme Energy

नगर प्रमुख बनेपछि उनले परम्परागत राजनीतिक शैली भन्दा फरक अभ्यास गरेका थिए । महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिए । राई आफैं ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गर्ने काम गर्थे । धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उनले महिनौँसम्म जनतासँगै श्रमदान गरेका थिए ।

सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उनलाई समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा चिनायो । उनको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे । समर्थक र आलोचकबीचको बहसले उहाँलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने गरेको छ ।

राईको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो । २०६८ सालतिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उनी सक्रिय हुने गर्थे । पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै उहाँले आन्दोलनको नेतृत्व गर्नुभयो ।  धरानको पुरानो खानेपानी समस्यालाई लिएर “पानी दे, पानी दे” भन्ने नारासहितको अभियान चलाउँदा उनी स्थानीयस्तरमा चर्चामा आएका थिए । खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उनी एकपटक पक्राउसमेत पर्थे र केही दिनमै रिहा समेत हुन्थे ।

हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गर्नुभयो । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा संघर्ष समितिमा सह संयोजक भएर आन्दोलन गरे । त्यसैगरी सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाइरहेका थिए ।

त्यही गतिविधिले उहाँलाई स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गरायो । गीत संगीतमा समेत रुचि राख्नुहुने राईले केही बर्ष अगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गर्नु भएको थियो । हिजोआज पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उहाँलाई फरक पहिचान दिलाएको छ । सामाजिक सञ्जालमा राई “हर्क साम्पाङ रिभोलुसन” नामबाट चर्चित छन् ।

नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उनले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गर्नुभयो र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभयो । उहाँले अब सांसदका रुपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने दाबी गर्दै आउनुभएको छ ।

धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको राईको यात्रा अब संसद् भवनसम्म पुगेको छ । स्थानीय आन्दोलनबाट उठेको राईको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासा भने सबैको मनमा देखिन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।