नेभिगेशन
समाज

नीतिबाट राजनीतिसम्मः डा स्वर्णिम वाग्लेको यात्रा

काठमाडौँ । नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका डा वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

डा वाग्ले ३८ हजार ४० मतसहित विजयी भएका हुन । गत उपनिर्वाचनमा उनी यही क्षेत्रबाट ३४ हजार ९११ मतसहित विजयी भएका थिए । गोरखा जिल्लामा जन्मिनुभएका वाग्ले सामान्य परिवेशमा हुर्किनुभएको हो । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उहाँ उच्च शिक्षाका लागि विदेश पुगेका थिए । अर्थशास्त्रमा गहिरो अध्ययन गर्दै उनले  ‘पिएचडी’ पूरा गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्ययनका क्रममा उहाँले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गरेका थिए । यही अध्ययनले उनलाई अन्तरराष्ट्रियस्तरका नीति बहसमा सहभागी गरायो । उच्च शिक्षापछि डा वाग्लेले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरेका थिए । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा उहाँले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गरेका थिए ।

Ncell
Extreme Energy

स्वदेश फर्किएपछि उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यहाँ रहँदा देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिएका थिए । लामो समय नीतिगत क्षेत्रमा काम गरेपछि डा वाग्लेले नीति मात्र बनाउने होइन, त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्व पनि आवश्यक रहेको महसुस गरेका थिए ।

यही सोचका साथ वाग्ले रास्वपामार्फत राजनीतिमा प्रवेश गरेका थिए । उनको राजनीतिमा प्रवेशलाई धेरैले ‘प्राविधिक नेतृत्वबाट राजनीतिक नेतृत्वतर्फको यात्रा’ का रूपमा हेरेका छन् । तनहुँ क्षेत्र नं १ बाट निर्वाचन लड्दा उनले विकास, सुशासन, रोजगारी र आर्थिक सुधारका विषयलाई मुख्य ‘एजेन्डा’ बताएका थिए ।

मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले नयाँ सोच र परिणाममुखी राजनीतिका कुरा व्यक्त गरेका थिए । डा वाग्ले आज नेपाली राजनीतिमा ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा परिचित छन् । अर्थतन्त्र र विकास नीतिमा उनको अनुभवले संसद्मा फरक आवाज थप्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।