नेभिगेशन
समाज

मोदी-रवि ७ मिनेट फोन संवादमा के-के भयो कुराकानी ?

'सम्पर्क सञ्जाल कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा सहकार्य'

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फागुन २१ को निर्वाचनमा ऐतिहासिक जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् ।
सोमबार फोन गरेर मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका हुन् ।


प्रधानमन्त्री मोदीले सभापति रवि लामिछानेसँग करिब ७ मिनेट कुरा गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 
निर्वाचन दौडधूपका कारण अस्वस्थ रहेका सभापति लामिछानेलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री मोदीको आज साँझ फोन आएको उनले बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


‘स्वास्थ्य लाभको कामना देखि निर्वाचनमा प्राप्त ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री मोदीले सभापतिज्यूलाई बधाई ज्ञापन गर्नुभयो,’ सहप्रवक्ता रावलले भनिन्, ‘नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीच सहकार्यका लागि पनि उहाँले प्रस्ताव गर्नुभयो ।’
मोदीले दुई देशबीचको साझा समृद्धि, प्रगति र जनकल्याणका लागि भारत नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको कुरा पनि फोनमा सभापतिसँग राखेको रावलले बताइन । 

Ncell
Extreme Energy


जवाफमा शुभकामना सन्देशका लागि  सभापतिले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । साथै राष्ट्रिय स्वतन्त्र पार्टी तथा हाम्रो सरकार भारतसँग पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध रहने र ‘विकास कूटनीतिलाई प्राथमिकतामा राख्ने कुरा प्रधानमन्त्री मोदीलाई बताएका थिए ।
साथै, सम्पर्क सञ्जाल कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा सहकार्यमार्फत भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्याउँदै दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्ने अपेक्षा नेपालले गरेको पनि सभापति लामिछाने प्रधानमन्त्री मोदीलाई फोनमा बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै