नेभिगेशन
समाज

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौँ । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तरराष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका छन् ।

अमेरिका–इरान युद्ध सुरु भएपश्चात् यही फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै हवाई उडान बन्द गरिएको थियो । सोही कारण नेपालबाट जाने केही अन्तरराष्ट्रिय उडान रद्द हुँदै आएका छन् । युद्धको प्रभावले गर्दा वायु सेवा प्रदायक कम्पनीहरू युएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो ‘एयरस्पेस बन्द’ गर्ने निर्णय गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रवक्ता बस्नेतले पश्चिम एसियाको तनावपूर्ण स्थितिमा केही सुधार आएपछि अवस्था हेरेर केही वायु सेवा प्रदायक कम्पनीले आंशिक रूपमा उडान सञ्चालनमा ल्याएका जानकारी दिए । उनले भने, “उडान हुने कि नहुने अघिल्लो दिन मात्रै खबर आउँछ, त्यसका आधारमा केही उडान आंशिक रूपमा सुचारु भएका छन् । आंशिक उडान सुरु गर्नेमा एयर अरेबिया र फ्लाइ दुबई छन् ।”

Ncell
Extreme Energy

त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबईमा चार दिनदेखि आंशिक रूपमा उडान थालेको जनाएको छ । एयरलाइन्सले जनाए अनुसार दैनिक १०० जनाको हाराहारीमा यात्रुको उपस्थिति हुने गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।
दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग गर्न कार्यालयले अपील गरेको छ।
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन्
रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता

रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता

अर्थमन्त्रालयका अनुसार रसुवागढी भन्सारका १५ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन । त्यस बाहेक अन्य घाइते कर्मचारीलाई उपचारकालागि काठमाडौँ ल्याइएको छ ।