नेभिगेशन
समाज

राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा भएको कांग्रेस राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरुबीचको छलफलले आगामी दिनमा जनताको भावना अनुरुप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रियसभामा ठूलो दलको हैसियतले रचनात्मक भूमिका रहने उनले बताए । उनले नयाँ परिस्थितिमा जिम्मेवारी पनि नयाँ ढङ्गले थपिएको भन्दै उहाले राष्ट्रको हितमा, जनताको भावना अनुरूप अरूभन्दा सक्रिय जागरूकता र विशेष जिम्मेवारीका साथ काम गरेर अघि बढ्ने उल्लेख गरेका थिए । प्रतिनिधिसभा निर्वाचनको नजिता अप्रत्याशित देखिएको भन्दै पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्ष निकाल्ने उनको भनाइ छ ।

Ncell
Extreme Energy

सिटौलाले पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर अगाडि जाने बाटो खोज्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै छलफलपछि कांग्रेसका नेता जीतजंग बस्नेतले विशेष महाधिवेशनको कारणले पार्टीले पराजय बेहोर्नुपरेको भन्दै सभापतिले राजीनामा दिनुपर्ने बताए । बस्नेतले आफ्नो राजीनामाको बिषयमा सभापति गगन थापाले मिडिया ट्रायल गरेको आरोप समेत लगाए ।

विशेष महाधिवेशनको औचित्य समाप्त भएकाले नियमित महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ । नेता बस्नेतले जनताले दिएको म्याण्डेड स्वीकार्य रहेको र अव आगामी दिनमा राम्रो काम गर्दै जानुपर्ने धारणा व्यक्त गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।