नेभिगेशन
समाज

परराष्ट्र मन्त्रालयले भन्यो, 'मध्यपूर्वको द्वन्द्वका कारण नेपाल फर्कन चाहनेहरुलाई सरकारले जसरी पनि उद्दार गर्छ'

काठमाडौँ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकहरुलाई सरकारले जसरी पनि उद्दार गर्ने जनाएको छ ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रले मध्यपूर्वका देशमा गएका श्रमिकहरुलाई समस्या देखिए जसरी पनि उद्दार गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेपाली श्रमिकहरू जोखिममा परे उद्दारका लागि नेपाल सरकार तयारी अवस्थामा रहेको बताए । एकैपटक लाखौंको संख्यामा उद्दार गर्नुपर्ने अवस्था आए त्यहिप्रकारको पूर्वाधार जुटाइने उनले बताए । मन्त्री शर्माले मध्यपूर्वको द्वन्द्वका कारण श्रमिकहरु भन्दा बढि ट्रान्जिटमा फसेकाहरु समस्यामा रहेको उल्लेख गरेका थिए ।

Ncell
Extreme Energy

ट्रान्जिटमा फसेकाहरुको आवास र खानपानको व्यवस्था सम्बन्धित नियोग र सम्बन्धित एयरलायन्यसहरूले व्यवस्था गरेको उनले जानकारी दिए । त्यसैगरि परराष्ट्रका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वको द्वन्द्वका कारण हालसम्म १५ जना नेपाली घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु भएकाको अव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण समेत भइसकेको र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको उनले बताए । उनले द्वन्द्वमा प्रभावित नेपाली नागरिकलाई सम्पर्कमा ल्याउन नेपाली नियोगहरूले काम गरिरहेको उल्लेख गरे । हालसम्म कन्सुलर विभागको अनलाइनमा ६३ हजार ५ सय ७० जनाले आफ्नो विवरण दर्ता गरेको र असुरक्षित गरेकाहरुलाई नियोगमार्फत सम्पर्क गर्ने काम भइरहेको खड्काले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै