नेभिगेशन
समाज

ओलीले स्वीकारे हार, भने- अपेक्षा गरे जस्तो परिणाम प्राप्त गरिनँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरु जनताकैबीचमा रहने र जनताकै लागि काम गरिरहने बताएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत आफुहरुलाई मतदान गर्नेप्रति धन्यवाद व्यक्त गर्दै आफुहरु जनताकैबीचमा रहने र जनताकै लागि काम गरिरहने बताएका हुन ।

त्यस्तै अध्यक्ष ओलीले लोकतन्त्रमा जनताको मतलाई सम्मानका साथ स्वीकार गर्ने समेत बताएका छन् । उनले भनेका छन्, ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यक्ष ओलीले सूर्य चिन्हमा मतदान गरेर सहयोग गरेकोमा मतदातालाई धन्यवाद समेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।’

Ncell
Extreme Energy

त्यस्तै यसपटकको निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएको भएपनि जनताप्रतिको आफ्नो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको बताएका छन् । उनले भने, ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।