नेभिगेशन
समाज

प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।

एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत  आइतबार र मङ्गलबारको उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुङ्गा विमानस्थलबाट आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरु समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ । हाल काठमाडौँबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरिएको छ । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।
भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।
विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

धानमन्त्री बालेन शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्।